कोरोना कोषमा मन्त्री एवम् कर्मचारीको सहयोग



न्युज अफ नेपाल,हेटौंडा ।

प्रदेश सरकारले स्थापना गरेको बागमती प्रदेश कोरोना संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले सहयोग रकम जम्मा गरेको छ ।कार्यालयले कोषका लागि मुख्यमन्त्री एवम् सम्पूर्ण मन्त्री, प्रमुख राजनीतिक सल्लाहकार र सचिवालयका कर्मचारी तथा कार्यालयका कर्मचारीबाट ७ लाख ६४ हजार ७७ रुपियाँ बिहीबार कोषको खातामा जम्मा गरेको हो ।

मुख्यमन्त्री एवम् सम्पूर्ण मन्त्री, प्रमुख राजनीतिक सल्लाहकार र सचिवालयका कर्मचारीको तर्फबाट ५ लाख ९० हजार २ सय ३३ रुपियाँ, कार्यालयका कर्मचारीको तर्फबाट १ लाख ७३ हजार ८ सय ४४ रुपियाँ जम्मा गरिएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका लेखा अधिकृत देवीप्रसाद गौतमले जानकारी दिनुभयो ।

यसअघि मुख्यमन्त्री, मन्त्री तथा मुख्यमन्त्रीका राजनीतिक सल्लाहकारको एक महिनाको सुबिधाबापत् रकम र कर्मचारीको पदअनुसार ३, ५ र ७ दिनको तलब बराबरको रकम कोषमा जम्मा गर्ने निर्णय गरिएको थियो । कोषमा सहयोग गर्न चाहनेले राष्ट्रिय वाणिज्य बैंकको खाता नम्बर १३००५०३०००००२ मा रकम जम्मा गर्न सक्ने लेखा अधिकृत गौतमले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्