सांसद मोहन आचार्यद्वारा स्वास्थ्यकर्मी र सुरक्षाकर्मीलार्ई स्वास्थ्य सामाग्री सहयोग



सरस्वती न्यौपाने,रसुवा ।

प्रतिनिधि सभा सदस्य माननीय सांसद मोहन आर्चाय ले विपद व्यवस्थापन समिति एवम् प्रमुख जिल्ला अधिकारी मार्फत स्वास्थ्यकर्मी र सुरक्षार्मीलाई स्वास्थ्य सामग्री सहयोग गर्नु भएको छ।

विहिवार जिल्ला प्रशासन कार्यालय रसुवामा सांसद आर्चायले प्रजिअ भण्डारीलाई ४० थान पिपिई,एन ९५, चार सय थान मास्क र १५ सय थान पन्जा हस्तान्तरण गर्नु भएको हो ।

जिल्लामा कोरोना भाईरस नियन्त्रणमा खटिएका स्वास्थ्यकर्मी तथा सुरक्षाकर्मीहरूलाई स्वास्थ्य सामाग्रीको अभाव हुन नदिन आफुले उक्त सामाग्री उपलब्ध गराएको वताउनु भयो।

सामाग्री हस्तान्तरणमा प्रदेशसभा सदस्य प्रेम तामाङ,उत्तरगया गाउँपालिका प्रमुख उपेन्द्र लम्साल,नेपाली काङ्ग्रेस जिल्ला पार्टि सभापति पेम्बा छिरिङ तामाङ लगायतका महानुभावहरूको सहभागी हुनुहुन्थ्यो ।

प्रतिक्रिया दिनुहोस्