बैशाखमा हुने भनिएको पुनर्निर्माण सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन स्थगित



न्युज अफ नेपाल, काठमाडौं ।

राष्ट्रिय पुनर्निर्माण प्राधिकारणले बैशाखमा आयोजना गर्ने भनिएको नेपालको पुनर्निर्माण सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन स्थगित गरेको छ ।

प्राधिकरणले बिहिबार सूचना जारी गर्दै उक्त सम्मेलन स्थगित गरिएको जनाएको हो। विश्वव्यापी रुपमा फैलिरहेको कोभिड–१९ को प्रकोपको विषम परिस्थितिका कारण सम्मेलन स्थगित गर्नु परेको प्राधिकरणले जनाएको छ ।

सम्मेलनको पूर्व तयारीकारुपमा प्राधिकरणले बैशाख १० देखि १२ सम्म समय तालिका तोकिएको थियो । सम्मेलन काठमाडौंमा हुने भनिएको थियो ।

प्रतिक्रिया दिनुहोस्