वन तथा वन्यजन्तु तस्करी रोक्न मन्त्रालयको अपिल



न्युज अफ नेपाल, काठमाडौँ ।

मुलुकभर घोषित लकडाउनको अबस्थामा विभिन्न जिल्लामा वन तथा वन्यजन्तुको तस्करीको घटना बढिरहेको भन्दै वन तथा वातावरण मन्त्रालयले थप नोक्सानी हुन नदिन अपिल गरेको छ ।

लकडाउनको मौका छोपी विभिन्न जिल्लामा तस्करी गरी वन तथा वन्यजन्तुको हानी नोक्सानी भईरहेको भन्दै संरक्षण गर्न सातै प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय मार्फत प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसँग मन्त्रालयले अपिल गरेको हो ।

वन मन्त्रीस्तरको बुधबारको निर्णय अनुसार यस्तो अपिल गरेको मन्त्रालयका सहसचिव डा। सिन्धुप्रसाद ढुंगानाले जानकारी दिनुभयो ।
संरक्षणका लागि संघीय, प्रदेश र स्थानीय सरकार सहित समुदाय समेतको थप सक्रियताको आवश्यकता देखिएको मन्त्रालयले जनाएको छ ।

राष्ट्रिय वनको संरक्षण तथा व्यवस्थापनका लागि प्रदेश वन निर्देशनालय तथा डिभिजन वन कार्यालयहरुका जनशक्तिको स्थानीय प्रशासनसँग समेत आवश्यकता अनुसार समन्वय गरी थप प्रभावकारी परिचालनका लागि प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयलाई अनुरोध गरेको छ ।

प्रतिक्रिया दिनुहोस्