सेन्डर्सद्वारा उम्मेदवारको चुनावी अभियान अन्त्य



वासिंगटन (एजेन्सी) ।

अमेरिकी राष्ट्र्पति चुनाव २०२० मा डेमोक्र्याटिक उम्मेदवारका आकांक्षी बर्नी सेन्डर्सले आफ्नो चुनावी अभियान समाप्त गरेका छन् । यसले पुर्व उपराष्ट्र्पति जोय बाइडेनलाई डेमाक्र्याटिक पार्टीको उम्मेदवार बन्ने मार्ग प्रसस्त भएको छ ।

७८ बर्षिय सेन्डर्सले आफना समर्थकहरुलाई नामांकन जित्नका लागि आवश्यक मत प्राप्त हुने कुनै मार्ग नदेखिएको बताए । उनले स्वास्थ्य र आयको असमानतालाई आफनो प्रमुख चुनावी मुद्दा बनाएका थिए ।

यस बर्षको चुनावी अभियानमा वामपन्थ तर्फ झुकाव राख्ने उम्मेदवार मध्यका एक सेन्डर्सले आफुलाई डेमोक्र्याटिक सोसलिस्ट बताउँदै आएका थिए । केही प्रमुख प्राइमरीमा जोय बाइडेन भन्दा पछाडी परेपछि उम्मेदारको नामांकनका लागि उनको सम्भावना छिन भएको थियो । उनको चुनावी अभियान अन्त्य हुनुले बाइडेनलाई उम्मेदवारका लागि सहज भएको छ ।

प्रतिक्रिया दिनुहोस्