महामारी फैलिरहँदा अमेरिकीहरु हतियार किन्नमा व्यस्त



वासिंगटन (एजेन्सी) ।

अमेरिकामा कोरोना महामारीको स्थिति भयावह बन्दै गइरहेको छ । यद्यपी राष्ट्रपति डोनाल्ड ट्रम्प देशमा पुर्ण लकडाउनका लागि तयार छैन । उनले लकडाउन गर्ने अधिकार राज्यलाई नै सुम्पेका छन् । विश्व जित्ने परमाणु हतियार, शक्तिशाली क्षेप्यास्त्रको अकुत भन्डार रहेको अमेरिकामा अहिलेको भाइरस संक्रमणबाट पिडितलाई बचाउने भन्टिलेटर्सको कमी भइरहेको छ ।

यस महामारीबीच अमेरिकीहरुलाई स्वेच्छाले लकडाउनमा बस्न सक्ने भनिएको छ । यस क्रममा धेरैजसो नागरिक यसको पालना गर्ने क्रममा धरै भन्दा धेरैले खाद्यान्न लगायत अन्य अत्यावश्यक सामानहरुसँगै हतियार किनेका छन् । अमेरिकीहरुले गत महिना खरिद गरेको फायर आम्र्स विगत २० बर्षमै सबैभन्दा अधिक भएको आंकडाले देखाएको छ ।

हरेक दिन महामारीले मृतक संख्यामा बृद्धी भइरहेको र कुनै कुनै रुपमा लकडाउनका बावजुद अमेरिकी हतियारलाई यस महामारीसँगको लडाईमा पनि महत्वपुर्ण मानिरहेका छन् । सन् १९९८ देखि नै ब्याकग्राउन्ड चेक प्रोग्राम सुरु भएको हो । यो आंकडाले मार्च २०१९ को तुलनामा २०२० मा हतियार बिक्रीमा ११ लाख बृद्धी भएको देखिन्छ ।

मार्च २१ मा मात्रै २ लाख १० हतियार खरिद भएको देखिन्छ । यो एक दिनमा भएको सबैभन्दा ठुलो आंकडा हो । अमेरिकी सन्चार माध्यमका अनुसार एफबीआईको डाटाबाट यो बर्ष मार्चमा २० लाख भन्दा धेरै हतियार खरिद भएका छन् ।

इलिनोइज प्रान्त यस मामिलामा सबैभन्दा अगाडी देखिए । यहाँ मार्चमा करिब ५ लाख हतियार विके । त्यसपछि टेक्सस, केन्टकी, फलोरिडा र क्यालिफोर्नियाको पर्छन् ।

देशमा हतियार पसलले उनीहरुसँग अब हतियारको स्टक नभएको बताएका छन् । किनभने हतियार किन्नेहरुमा एक प्रकारको भागदौड मच्चिएको उनीहरुले बताए ।

सन् २०२० हतियार विक्रीको आंकडाले विगतको ३३ लाखको रिकर्डलो तोडेको छ । यो रिकर्ड सन् २०१५ को थियो । यो त्यति बेलाको घटना थियो, जुन बेला ओबामा प्रशासनले असल्ट राइफलको विक्रीमा रोक लगाउन सक्ने सम्भावना तर्फ संकेट गरिरहेको थियो ।

क्यालिफोर्नियाको बर्नार्डिनोमा भएको सामुहिक हत्यापछि ओबामा प्रशासनले उक्त कदम प्रति संकेट दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्