बेबारिसे कुकुरलाई खुवाउँदै कोमल



राष्ट्रियसभा सांसद, सञ्चारकर्मी तथा गायिका कोमल वलीले लकडाउनका कारण सुनसान सडकमा विचल्लीमा परेका कुकुरलाई खाना खुवाएकी छन्।
कोमलले स्नेहाज केयरका साथ राजधानीका विभिन्न स्थानका बेवारिसे कुकुरलाई खाना खुवाएकी हुन्।

‘पशुपंक्षीको जीवन पनि हाम्रोजतिकै महत्वपूर्ण हो। स्नेहाज केयरको साथमा काठमाडौंका विभिन्न ठाउँमा बेवारिसे अवस्थामा रहेका कुकुरलाई खाना खुवायौं।

यहाँहरुले पनि आफूले खाएर बचेको खानेकुरा अथवा शुद्ध खानेकुरा पनि चराहरुका लागि आप्नो छतमा राखी दिन सक्नुहुन्छ’ कोमलले फेसबुकमा स्ट्याटस लेख्दै आह्वान गरेकी छिन् ‘त्यसैगरी तपाईंहरुको क्षेत्रमा कुकुरहरु छन् भने गेटबाहिर लगेर निश्चित ठाउँहरुमा खानाहरु, पानी राखीदिंदाखेरि कोरोनाको कारण भएको लकडाउनमा कसैले ज्यान गुमाउनु पर्दैनथ्यो।’

 

कोमलले यस विषयमा स्थानीय सरकारहरुले साथै वडा कमिटीहरुले पनि इनिसियसन लिएर बेवारिसे छोडिएका पशुपंक्षीहरुको पनि ख्याल गर्नु जरुरी भएको उल्लेख गर्दै स्थानीय सरकारको ध्यानाकर्षण गराएकी छिन्।

प्रतिक्रिया दिनुहोस्