अमेरिका र चीन मिलेर कोरोनासँग लड्नु पर्छः डब्ल्युएचओ



जेनभा (एजेन्सी)

अमेरिकी राष्ट्र्पति डोनाल्ड ट्र्म्प कोष कटौती गर्ने कडा धम्की दिएपछि विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ)का अधिकारीहरुले त्यसको जवाफ दिएका छन् ।
उनीहरुले चीन केन्द्रित भएको आरोपलाई अस्विकार गर्दै विश्व कोरोना भाइरस संक्रमणसँग लडिरहेको बेला कोष कटौती गर्न उचित नहुने बताएका छन् ।

यसबीच डब्ल्युएचओका प्रमुखले अमेरिका र चीनसँग कोरोना भाइरस महामारी विरुद्ध मिलेर लड्न अपिल गर्दै अन्तराष्ट्र्यि एकता बिना कोरोनामाथि जित हासिल गर्न नसक्ने बताए ।

जेनेभामा प्रेस सम्मेलनका क्रममा संगठन प्रमुख टेड्रेस एडनाहोम गेबैयासुसले भने ( अमेरिका र चीन सँगै आउनु पर्छ र यो खतरनाक शत्रुसँग लड्नु पर्छ ।

यसअघि अमेरिकी राष्ट्र्पति डोनाल्ड ट्र्म्पले संगठनमाथि अत्यधिक चीन केन्द्रित भएको आरोप लगाउँदै कडा आलोचना गरेका थिए । डब्ल्युएचओलाई केही कारणवस अमेरिकाले धेरै कोष दिँइरहेको तर त्यो चीन केन्द्रित रहेकोले अब आफुले कोषलाई सही आकारमा ल्याउने ट्र्म्पले बताएका थिए ।

चीनसँगको आफनो सीमा बन्द गर्दा डब्ल्युएचओले त्यसको आलोचना गर्दै खुला राख्न सुझाव दिएको ट्र्म्पले बताए । तर आफुले सुरु मै त्यसलाई अस्विकार गरेको र डब्ल्युएचओले अमेरिकालाई दोषपुर्ण सझाव दिएको आरोप उनले लगाए ।

डब्ल्युएचओको कुल कोषमा २२ प्रतिशत अमेरिकाको योगदान रहेकोछ । यस तथ्यांकले अमेरिकाको कुल योगदानका आधारम विश्व स्वास्थ्य संगठन कोषको मामिलामा अमेरिकामाथि धेरै हद सम्म निर्भर छ ।

तुलनात्मक रुपमा चीनको योगदान अमेरिकाको भन्दा कम भएपछि सन् २०१४ देखि २०१८ सम्मको अवधीमा चीनले डब्ल्युएचओलाई दिने आफनो कोषमा ५४ प्रतिशतले बृद्धी गरेको देखिन्छ ।

सन् २०१९ मा चीनको सरकारी योगदान करिब ८ करोडा ६० लाख डलर र भोलेन्टरी योगदान १ करोड २ लाख रहेको छ ।
दुबै प्रकारको योगदानमा अमेरिकाको भन्दा चीन डब्ल्युएचओलाई कम कोष उपलब्ध गराउँदै आइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्