कोरोना संक्रमित १५ लाख नाघ्यो, ८८ हजार भन्दा धेरैको मृत्यु



A patient under respiratory assistance is escorted to the Strasbourg University Hospital by members of the medical staff of the SAMU-SMUR emergency services who wear protective suits and facemasks, in Strasbourg, on March 16, 2020 during a COVID-19 outbreak hitting Europe. – French president will speak on television at 8:00 (Paris time) on March 16, 2020 to announce new measures to fight the growing coronavirus epidemic, said the Elysee. The balance sheet of the epidemic climbed to 127 dead and 5,423 confirmed cases in France. (Photo by Patrick HERTZOG / AFP)

न्युयोर्क (एजेन्सी)

विश्व महामारी कोरोना भाइरस संक्रमित १५ लाख १७ नाघेको छ । यस संक्रमणबाट मर्नेको संख्या ८८ हजार ४ सय ४५ पुगेको छ ।
अमेरिकामा विगत २४ घन्टामा १ हजार ९ सय ७३ को मृत्यु भयो ।

मंगलबार यो संख्या १ हजार ९ सय ३९ पुगेको थियो । विगत दुई दिनमा अमेरिकामा ३ जहार ९ सय भन्दा बढीको मृत्यु भइसकेको छ र अहिलेसम्म १४ हजार ६ सय ९५ पुगेको छ । यहाँ संक्रमित संख्या ४ लाख ३२ हजारको हाराहारीमा छ ।

भारतमा कोरोना संक्रमित संख्या ५ हजार नाघेको छ भने यहाँ मर्नेको संख्या १ सय४९ पुगेको छ ।

इटालीमा सबैभन्दा बढी १७ हजार ६ सय ६९ र स्पेनमा १४ हजार ७ सय ९२ को मृत्यु भइसकेको छ । बेलायतमा बुधबार सबैभन्दा धेरै मृत्यु आंकडा आएको छ । यहाँ एक दिनमा ९ सय ३८ को मृत्यु भएको छ । यसले यहाँ मृत्यु हुनेको कुल संख्या ७ हजार ९७ पुगेको छ । बेलायतका प्रधानमन्त्री बोरिस जोनसन आईसीयूमा कोरोना संक्रमणको उपचार गराइरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्