सुलभ अग्रवाल प्रकरणः अवैतनिक राजदूतलाई दिएको सुविधा हटाइयो



न्युज अफ नेपाल, काठमाडौँ ।

नेपालस्थित विभिन्न देशका अवैतनिक राजदूतलाई दिएको सुविधा हटाइएको छ ।

नेपालका लागि किर्गिस्तानका अवैतनिक महावाणिज्यदूत सुलभ अग्रवाल स्वास्थ्य सामग्रीको कालोबजारी गरेको आरोपमा पक्राउ परेपछि परराष्ट्र मन्त्रालयले सबै अवैतनिक महावाणिज्यदूतहरूको दिएको निलो नम्बरप्लेट र झन्डा राख्ने सुविधा हटाएको हो ।

नेपालमा अधिकांश व्यापारिक घरानाका विभिन्न देशका लागि अवैतनिक महावाणिज्यदूतलाई परराष्ट्र मन्त्रालयको कन्सुलर सेवा विभागले निलो नम्बरप्लेट उपलब्ध गराउँदै आएको छ । भियना महासन्धिअनुसार कूटनीतिक नम्बरप्लेटको गाडीभित्र चेकजाँच गर्न पाइँदैन ।

यही फाइदा उठाउँदै अग्रवालले कूटनीतिक नम्बरप्लेटकै गाडीमा स्वास्थ्य सामग्री राखेर पाँच हजार पर्ने ‘थर्मलगन’ १६ हजारमा बेचेको प्रहरीले जनाएको छ । कालोबजारीको सुइँको पाएपछि आफैँ ग्राहक बनेर डिल गरेको प्रहरीले मंगलबार अग्रवाललाई नक्सालबाट पक्राउ गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्