गोप्यरूपमा ३० टन स्वास्थ्य सामग्री ल्याइँदै



ईश्वरराज ढकाल, काठमाडौं ।

कोरोना नियन्त्रण गर्न निजी सुरक्षा सामग्री (पीपीई)लगायत अत्यावश्यक सामग्री ल्याउन नेपाल वायु सेवा निगमको वाइडबडी जहाज सरकारले नै ग्वान्जाओ पठाउने भएको छ ।

अत्यावश्यक सामग्री अभाव भएपछि सरकारले निजी व्यवसायीसँग सहयोगको आग्रह गरेको थियो । सामग्री लिन नेपाल वायु सेवा निगमको जहाज शुक्रबार ग्वान्जाओ पुग्ने बताइएको छ ।

सरकारको आग्रहअनुसार निजी व्यवसायीले शुक्रबार पुगेर सकभर शनिबारसम्म सामग्री ल्याउन लागेका हुन् । यसअघि ओम्नी समूहले ल्याएको सामग्री गुणस्तरहीन भएको फेला परेपछि विवाद चुलिएको थियो । लगत्तै प्रधानमन्त्री केपी शर्मा ओलीको ठाडो निर्देशनमा ओम्नीसँगको सम्झौता रद्द भएको थियो । सम्झौता रद्द भएपछि नया“ प्रक्रियाबाट सामग्री ल्याउन लागिएको हो ।

ग्वान्जाओमा करिब २० टन सामग्री तयारी अवस्थामा रहेको जनाएको निजी सप्लायर्सले सो सामान शनिबारसम्म नेपाल ल्याउने तयारी गरेका छन् । एक निजी व्यापारीका अनुसार ओम्नीलगायत केही समूहले भाँड्न सक्ने सम्भावना भएपछि सरकारकै आग्रहमा गोप्यरूपमा सामग्री ल्याउन लागिएको हो ।
‘अहिले जानकारी दिए फेरि चलखेल गर्न सक्छन्, त्यसैले सरकारकै अनुरोधमा सामग्री ल्याउन लागेका हौं।’ –एक व्यापारीले नेपाल समाचारपत्रलाई जानकारी दिए ।

उनले सामग्री ल्याएपछि मात्रै जानकारी दिने बताए । करिब दुई साताअघि जगदम्बाका मालिक सुलभ अग्रवालले ल्याएको सामग्री आफैले कालो बजारी गरेपछि प्रहरी निजी व्यापारीस“ग सजग भएको छ ।

विश्व स्वाथ्य संगठनको मापदण्डअनुसार ल्याउन लागेको सामग्री नेपाल आएपछि मात्रै सबैलाई जानकारी दिने तयारीमा रहेको निजी सप्लायर्सले जनाएका छन् । करिब १५ जना व्यापारीले ती सामान नेपाल ल्याउन लागेका हुन् ।

स्वास्थ्य मन्त्रालय, स्वाथ्य सेवा विभाग, चिकित्सकलगायत कोरोना परीक्षणमा खटिने जनशक्तिले पीपीई नभई कोरोना परीक्षण नगर्ने चेतावनी दिएपछि सरकारले तत्काल निजी व्यवसायीलाई सामग्री ल्याउन सहमति दिएको हो ।

निजी व्यवसायीले पीपीई किट, मास्क, आईएफ थर्मोमिटर, ¥यापिट टेस्ट इक्युपमेन्टलगायत सामग्री ल्याउने भएका छन् । ‘करिब ३० टन सामग्री छन्, कति ल्याउन सकिन्छ सोहीअनुसार ल्याउने योजना बनाएका छांै।’ –ती व्यापारीले नेपाल समाचारपत्रस“ग भने ।

दुई साताअघि सरकारकै मिलेमतोमा ओम्नी समूहले नेपाल भित्र्याएको पीपीई गुणस्तरहीन भएपछि चर्को विवाद भएको थियो । सो विषयको कागजात अख्तियार दुरूपयोग अनुसन्धान आयोगले छानबिन गरिरहेको छ ।

प्रधानमन्त्री ओलीले मंगलबार देशवासीको नाममा सम्बोधन गर्दै हाल सातै प्रदेशमा १ हजार ४८ थान पीपीईको पूरै सेट, ११ हजार ८ सय १९ थान गाउन, ४ हजार ३ सय ४५ थान एन–९५ मास्क, ५ लाख ६५ हजार २ सय ६१ थान माक्ससहित आवश्यक विभिन्न स्वास्थ्य सामग्रीको व्यवस्था गरिएको जनाउनुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्