हेटौंडाको आइसोलेसन दुई दिनदेखि रित्तै



न्युज अफ नेपाल,हेटौंडा।

हेटौंडा–४, कर्रामा रहेको श्रमिक माध्यमिक विद्यालयमा स्थापना गरिएको आइसोलेसन दुई दिनदेखि खाली रित्तो छ । विद्यालयको आइसोलेसन केही दिनदेखि रित्तो रहेको हो ।

कोरोना भाइरस (कोभिड–१९) का शंकास्पद् बिरामी नदेखिएपछि आइसोलेस रित्तो रहेको हो । कोरोनाको शंका लाग्ने हेटौंडा अस्पताल र आसपास स्वास्थ्य चौकीबाट पठाइएका बिरामी आइसोलेसनमा राख्ने गरिएको छ ।

आइसोलेसन रित्तो रहेको इञ्चार्ज भोला चौलागार्इंले बताउनुभयो । आइसोलेसन रित्तो भएपछि ज्वरो, रुघाखोकी र कोरोनाको शंका लागेका बिरामी मकवानपुरमा कम भएको देखिन्छ । यसअघि यहाँका बिरामीलाई डिस्चार्ज गरिएपछि हाल आइसोलेसन रित्तो भएका हुन् ।

प्रतिक्रिया दिनुहोस्