जंगली साग खाँदा एकै परिवारका ५ जना बिरामी



रोशन पराजुली,हेटौंडा ।

जंगली साग खाँदा उत्तरी मकवानपुरको थाहानगरका एकै परिवारका ५ जना बिरामी परेका छन् । बिरामी परेका सबैको पालुङ प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ ।उनीहरुले बुधबार विहान खानासँगै जंगलबाट ल्याएको दन्दुको साग र जरिंगो पकाएर खाएपछि बेहोस भएका थिए ।

केन्द्रका डा. सुबोध चापागाईंका अनुसार थाहानगर–२, फाँटका मैया बस्नेत (७३), निर्मला बस्नेत (४६), गोकुल बस्नेत (५४), शिवकुमार बस्नेत (२४) र स्मृति बस्नेत (१९) बिरामी परेका हुन् । बेहोस भएका सबैलाई छिमेकी माधब कार्कीले पालुङ प्राथमिक स्वास्थ्य केन्द्र पु¥याएका थिए । बिरामी परेका गोकुल र निर्मला मैया बस्नेतका छोरा र बुहारी हुन् भने शिवकुमार र स्मृति नातिनातिनी बुहारी हुन् ।

उपचार भइरहेका सबैको अबस्था सुधारोन्मुख भएको डा. चापागार्इंले बताए । बिरामी परेकाहरुले दन्दु र जरिंगोको सागबाहेक नचिनेर अन्य केही खाएका कारण बिरामी परेको हुनसक्ने डा. चापागाईंको अनुमान छ ।

 

प्रतिक्रिया दिनुहोस्