कोरोना संक्रमित बेलायती प्रधानमन्त्री जोहन्सनको अवस्था स्थिर



लन्डन,एजेन्सी ।

चौथो रात पनि अस्पतालको सघन उपचार कक्षमा कारोना भाइरस संक्रमणको उपचार गराइरहेका वेलायतका प्रधानमन्त्री बोरिस जोहन्सनले उपचार प्रति प्रतिक्रिया जनाउँदै गरेको बुधवार सरकारी सुत्रले जनाएको छ ।

डाउनिंग स्ट्रिटका उनका औपचारिक प्रवक्ताले राजधानी लन्डन स्थित सेनट थोमस अस्पतालमा रहेका उनको स्वास्थ स्थिर रहेको जानकारी दिएका छन् ।

साथै उनले नियमित सरकारी कामकाज नगरिरहेको अवस्था भएपनि उनी आवश्यक परेका व्यक्तिहरुसंग सम्पर्क गर्न सक्ने अवस्थामा रहेको पनि बताइएको छ ।

डाउनिंग स्ट्रिटले लक डाउन अर्को साता सम्म पनि जारी रहने संकेत दिँदै यस्तो संवेदनशिल स्थितीमा सबैले लक डाउनका नियम गम्भीर रुपमा पालना गर्नुपर्ने आवश्यकता औंल्याएको छ ।

प्रतिक्रिया दिनुहोस्