ऋणका लागि इरानको अनुरोध



तेहरान,एजेन्सी ।

इरानले बुधवार अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) संग कोरोना भाइरससंग लड्नका लागि पाँच अर्व अमेरिकी डलर ऋण अनुमोदन गर्नलागि अनुरोध गरेको छ ।

इरानमा केभिड – १९ संक्रमणको कारण मर्नेको संख्या चार हजार नाघिसकेको छ । साथै इरानका राष्ट्रपति हस्सन रुहानीले आफ्नो अनुरोध अनुमोदित गर्दा कुनै पूर्वाग्रह तथा भेदभाव नराख्न पनि चेतावनी दिएका छन् ।

अमेरिकाले अमेरिकाले इरान आफैंसंग खर्चका लागि प्रशस्त कोषहरु रहेको जनाउँदै उक्त ऋण अनुमोदनको विरोध गरेको बताइएको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका नेताहरुलाई आणविक समझौतका लागि विश्वका शक्ति राष्ट्रहरुसंग पुन वार्ता गराउन दवाव दिने उद्देश्यले सन् २०१८ मा इरानमाथि पुन अमेरिकी नाकावन्दि लागु गरेको थियो ।

बुधवार इरानको स्वास्थ मन्त्रालयले १ हजार ९ सय ९७ जना नयाा संक्रमित भेटिएपछि कूल संख्या ६७ हजार २ सय ८६ पुगेको पुष्टि गरेको छ ।

प्रतिक्रिया दिनुहोस्