नेकपाले जे चाह्यो त्यही हुन्छ भन्दै कोलेनिकाका लेखापाललाई थर्काएपछि



दयाराम पण्डित,बाजुरा ।

नेकपा जिल्ला कमिटी सदस्य एवं बाजुरा अस्पतालका अध्यक्ष भरत थापाले कोष तथा लेखा नियन्त्रण कार्यालय बाजुराका लेखापाल प्रकाश भट्टलाई टेलिफोन मार्फत धम्की दिएको टेलीफोन अडियो सामाजिक संजालमार्फत बुधबार सार्वजनिक भएको छ ।

अध्यक्ष थापाले बाजुरा जिल्लामा कम्युनिष्टले जे चाह्यो त्यही हुने बताउदै कोलेनिकाका लेखापाल भट्टलाई भेटेर दुई थप्पड हान्ने धम्की दिने अडियो सार्वजनिक भएको छ ।
यो बाजुरा जिल्ला हो, यहाँ कम्युनिष्ट पार्टीले जे भन्यो त्यही हुन्छ, अस्पतालका अध्यक्ष थापाले भट्टलाई धम्क्याउदै भने , यहाँ बस्ने मन छ कि छैन ।

उनी त्यतिमै रोकिएनन, उनले भट्ट्लाई सोधे, तपाई कहाँ हुनुहुन्छ , भेटेर दुई चडकन हान्नु पर्ने छ हातगोडा भांच्नु प्रर्ने छ । त्यस्तो मैले के गरे हजुर ? भट्टले प्रश्न गर्दा थापाले तपाईले अफिसियल गोप्य प्रमाणहरु बाहिर ल्याएको प्रमाण मसंग छन् अध्यक्ष थापाले सो अडियोमा भनेका छन् ।

अध्यक्ष थापाले भट्टलाई फोनमा अफिसियल कागज किन दिएको भनेर फोन गरेको स्वीकार गरेका छन् । मैले अहिले सम्झाएको मात्र हूँ, थापाले भने । उनले थपे भट्टले गोप्य सरकारी प्रमाणहरु बाहिर ल्याएको बताए ।

लेखापाल भट्टले भने आफूबाट कुनै कमजोरी गल्ती नभएको कुनै पनि सुचना बाहिर नपठाएको बताएका छन् । आफुमाथी धम्की आएको स्वीकार गरेका छन् ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले यहि चैत्र १० गते जेष्ठताको आधारमा तिलक थापालाई निमित्त प्रमुख प्रशासकीय प्रमुख दिएको र चैत्र १९ नरेन नाथलाई निमित्त प्रमुख प्रशाकीय अधिकृत वनाएर पठाए पछि कोष तथा लेखा नियन्त्रण कार्यलयमा कसको नाममा खाता खोल्ने भन्ने विषयलार्य लिएर थपाले सुचना चुहाएको आरोपमा लेखापाल भट्टलाई टेलिफोन मार्फत गालि गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्