कोरानाले खोसेका केही वरिष्ठ खेलकर्मी



ज्यूरिच, (एजेन्सी) । 

विश्वलाई आफ्नो चंगुलमा पारेको कोरोना भाईरस (कोभिड–१९) को ताण्डव खेल जगतमा जारी नै रहेको छ । जसका कारण बितेको १० दिनभित्र ५ जना चर्चित खेलकर्मीले ज्यान गुमाइसकेका छन् । कोरानाका कारण बुधवार स्विट्जरल्यान्डका आईस हकी लेजेन्ड रोजर शाप्पोको ७९ वर्षको उमेरमा निधन भयो ।

योसंगै कोरोनाका कारण पछिल्लो १० दिनमा मृत्यु हुने वरिष्ठ खेलकर्मीको संख्या पांच पुगेको छ । सन् १९६४ को शीतकालीन ओलम्पिक खेलेका शाप्पोले आफ्नो देशबाट १ सयभन्दा बढी म्याच खेलेका थिए ।

 इन्टरनेशनल आईस हकी फेडरेशन (आईआईएचएफ) ले शाप्पो दुई साता अघि अस्पतालमा भर्ना हुँदा नै उनमा कोभिड–१९ पोजिटिभ देखा परेको बताएका छन् ।

तर, १ अप्रिलमा स्वास्थ्यमा सुधार देखिएपछि उनी घर फर्केका थिए । त्यहां उनको स्वास्थ अचानक बिग्रिएपछि उनको निधन भएको हो । शाप्पो ६० को दशकमा बेस्ट सेन्टर खेलाडी थिए । सन् १९६४ मा उनले स्वीस क्लब एचसी भिलर्सबाट खेलेको थिए । सोही वर्ष उनले स्वीस लिगमा सर्वाधिक गोल गरेका थिए ।

शाप्पोबाहेक फ्रेन्च फुटबल क्लब रीम्सका ६० वर्षीय डाक्टर बर्नार्ड गोन्जालेज, इंग्ल्यान्डको लंकाशायर क्रिकेट क्लबका ७१ वर्षीय अध्यक्ष डेभिड हजकिस, फ्रान्सको ओलम्पिक डी मार्शल फुटबल क्लबका ६८ वर्षीय पूर्व अध्यक्ष पेप दिओफ र पाकिस्तानका ९५ वर्षीय स्क्वास लेजेन्ड आजम खानको पनि कोरोनाका कारण निधन भएको हो ।

कोभिड–१९ का कारण ३१ मार्चमा डेभिड हजकिस र फ्रान्सका पेप दिओफको पनि मृत्यु भएको थियो । तर, त्यसअघि २८ मार्चमा पाकिस्तानी स्क्वास लेजेन्ड आजम खानको लन्डनमा निधन भएको थियो । आजमले सन् १९५९ देखि १९६२ बीच लगातार ४ पटक ब्रिटिश ओपनको उपाधि जितेका थिए ।

आजम विश्वकै सर्वोत्कृष्ट स्क्वास खेलाडी मध्येमा गनिन्छ । उनले १९६२ मा पहिलो पटक हार्डबल टूर्नामेन्टबाट परिचित यूएस ओपन पनि जितेका थिए ।

डिप्रेशनका कारण बर्नार्डले गरे आत्महत्या

रीम्स क्लबका डाक्टर बर्नार्ड गोन्जालेजले कोरोना पोजिटिभको संक्रमणबाट डिप्रेशन भएपछि आत्महत्या गरेको छ । गत ५ अप्रिलमा उनले आत्महत्या गरेको हो । बर्नार्डले सुसाइड नोटमा उक्त कुरा उल्लेख गरेको जनाईएको छ । बर्नार्ड २० वर्ष क्लबसँग जोडिएका डाक्टर हुन् ।
इंग्लिश फुटबलर जिम्मी पनि संक्रमित

८० वर्षीय इंग्लिश फुटबल लेजेन्ड जिम्मी ग्रिभेस पनि कोरोनाबाट संक्रमित भएका छन् । उनको अवस्था चिन्ताजनक रहेको बताइएको छ । आफ्नो देश र सबै क्लबमा गरी कुल ३ सय ५७ गोल गर्ने जिम्मी पहिलो इंग्लिश खलाडी समेत हुन् । साथै उनी इंग्ल्यान्ड टीमबाट ५७ म्याचमा ४४ गोल गर्ने चौथो फुटबलर समेत हुन् । उनीसँगै गोलको उक्त कोशेढुङ्गा पार गर्नेमा वायने रूनी, बबी चाल्र्टन र गेरी लिनेकेर छन् ।

प्रतिक्रिया दिनुहोस्