कालोबजारी गर्दागर्दै पक्राउ परेका सीएनआईका उपाध्यक्ष सुलभ अग्रवाललाई सात दिन हिरासतमा राखिने



ईश्वरराज ढकाल,काठमाडौं ।

कालोबजारी गरेको आरोपमा अभियोगमा मंगलवार पक्राउ परेका जगदम्बा ग्रुपका संचालक सुलभ अग्रवाल सात दिन हिरासतमा राख्ने म्याद दिएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले आज बिहान सात दिने म्याद दिएको हो ।

मंगलवार दिउसो महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले अग्रवाललाई नक्सालबाट नियन्त्रणमा लिएको थियो । अग्रवालको कम्पनीले ज्वरो नाप्ने थर्म्मिटर १५ हजार रुपैयाँसम्म लिएर बिक्री गरेको प्रहरीले जानकारी दिएको छ ।प्रहरीले उनलाई ६७ साथ थर्मल गन सहित पक्राउ गरेको थियो ।

पक्राउ गरेलगत्तै प्रहरीको टोलीले हिजो अग्रवालको घर, कार्यालय, गोदाम लगायत उनीसंग सम्बन्धीत विभिन्न स्थानमा छापा मारेको थियो । छापा मार्दा हालसम्म कुनै सामाग्री फेला पार्न नसकेको प्रहरीले जनाएको छ ।

प्रहरीले अधिकांस सामाग्री बिक्रि गरिसकेको अनुमान गरेको छ । अग्रवालले करिब २० हजार थान थर्मल गन, केही मास्क लगायतका सामाग्री ल्याएका थिए । अग्रवाललाई महानगरीय प्रहरी परिसर काठमाडौको हिरासतमा नराखि दरबारमार्ग वृतमा राखिएको छ । उनले प्रहरीलाई पटक पटक आफु बिरामी भएको बहाना गर्दै अस्पताल बस्न खोजेको जनाएका छन् ।

विश्वभर महामारीको रुपमा फैलिएको कोरोना परीक्षण गर्न सामान ल्याउदा उनले करिब २ करोड रुपिया जहाज भाडा तिरेका थिए ।अग्रवाल उद्योग परिसंघ(सीएनआइ) उपाध्यक्ष र जगदम्बा स्टिलका मालिक हुन ।उनलाई प्रहरी टोलीले ग्राहकको रुपमा सामान लिन लाग्दा पक्राउ गरेको थियो ।

अग्रवाल कूटनीतिक नियोगको सवारी साधन २०९ एचसिसी १ नम्बरको गाडीमै थर्मल गन र मास्क राखेर कालोबजारी गर्दै हिडेका थिए । मेडिकल सामाग्री बिक्रेता नभएपनि मनग्य नाफा हात पार्नसक्ने भन्दै अन्य मेडिकल सप्लायर्सले बुकिङ गरेको जहाज साहिलको नाममा भाडामा लिएर ग्वान्जाउ पुगेर सामान ल्याएका थिए ।

अग्रवालले बिना बिल १६ ती सामाग्री बिक्रि गरेको खुलेको छ । प्रहरीले स्थानीय निकायको लागि आवश्यक परेको भन्दै थर्मल गन मगाएका थिए ।

प्रतिक्रिया दिनुहोस्