ट्रम्पद्वारा डब्ल्युएचओ चीन केन्द्रित भएको आरोप



वासिंगटन (एजेन्सी)

अमेरिका र युरोपमा कोराना भाइरस संक्रमणले भयावह रुप लिइरहेको बेला अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले फेरी एक पटक डब्ल्युएचओमाथि आफनो आक्रोस पोखेका छन् ।

उनले उक्त विश्व स्वास्थ्य संगठनमाथि चीन प्रति केन्द्रित रहेको आरोप लगाएका छन् । विश्व संस्थाका निर्णय चीन केन्द्रित हुने गरेको ट्रम्पले बताए । ट्रम्पले यसअघि पनि डब्ल्युएचओमाथि चीनको पक्ष लिने गरेको आरोप लगाउँदै आएको छ । यसबीच रिपब्लिकन सांसदहरुले डब्ल्युएचओको कोष घटाउन पनि माग गरेका छन् ।

ट्रम्पले डब्ल्युएचओमाथि उसले अमेरिकालाई कोरोनासँग लड्न गलत सल्लाह दिएको आरोप लगाउँदै आफुले त्यसलाई नमानेको बताए । राष्ट्रपति ट्रम्पले ट्विट गरे, डब्ल्युएचओले वास्तवमा यसलाई भयंकर बनायो । केही कारणले अमेरिकाले सबैभन्दा धेरै पैसा दियो, तर यो (डब्ल्युएचओ) अत्यन्त चीन केन्द्रित छ , हामी कोषलाई राम्रो आकार दिन्छौं । भाग्यवश मैले चीनसँगको आफनो सीमा खुला राख्ने सुझावलाई सुरुदेखि नै अस्विकार गरेको थिएँ । संस्थाले हामीलाई यति धेरै दोषपुर्ण सुझाव किन दियो ।

यद्यपी डब्ल्युएचओ ले कोरोना भाइरस विश्वब्यापी खतरा हुने विषयमा शिर्ष स्तरबाटै जुन दिन चेतावनी जारी गरेको यियो, सोही दिन राष्ट्रपति ट्रम्पले यस भाइरसलार्य फर्जी भएको प्रतिक्रिया दिएका थिए ।

ट्रम्पले भने, अमेरिका डब्ल्युएचओलाई दिने भनिएका सबैभ पैसामा रोक लगाउन गइरहेको छ ।

यद्यपी केही समयपछि नै ट्रम्प आफनो उक्त भनाइबाट पछाडी हट्दै आफुले त्यो गर्न गइरहेको नभएको बताए । अमेरिकामा कोरोना टास्क फोर्सका प्रमुख डाक्टर एन्थनी फाउचीले यस महामारीबाट अमेरिकामा नस्लिय भेदभाव बढाएको बताए । केही राज्य र सहरको आंकडाले यो महामारीले काला अमेरिकीलाई मारिरहेको देखाएको उनले बताए ।

यसैबीच अमेरिकी राष्ट्रपति ट्रम्पले अमेरिकासँग अहिले ८ हजार ६ सय ७५ भेन्टिलेटर रहेको र आगामी हप्तामा १ लाख १० हजार भन्टिलेटर आउन लागेको बताए । यसमा केही भेन्टिलेटर्स अन्य देशका लागि पनि पठाउने र बेलायतले पनि २ सय भेन्टिलेटर माग गरेको उनले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्