७६ दिनपछि वुहानमा लकडाउन समाप्त



वुहान (एजेन्सी)

कोरोना महामारीको केन्द्र मानिएको चीनको वुहान सहरमा ७६ दिन पछि लकडाउन हटाइएको छ । बुधवार कोरोना मध्य रातपछि वुहानका वासिन्दा लकडाउनको कैदबाट मुक्त भएका छन् ।

कोरोना भाइरस संक्रमण देखिएपछि जनवरी २३ मा सहरमा लकडाउनको घोषणा गरिएको थियो । यसले सहरका १ करो १० लाख आवादी घरमै थुनिएर बस्न बाध्य भएका थिए ।

वुहानबाट शुरु भई फैलिएको कोरोना संक्रमणले चीनमा मात्रै ३ हजार ३ सय भन्दा धेरैको ज्यान गइसकेको छ । ८२ हजार भन्दा धेरै वुहानमा कोरोना संक्रमित पाइएको थियो । पछिल्लो ताजा आंकडाले विगत केही हप्ता देखि शरमा कोराना संक्रमणमा अत्यन्त कमी आइरहेको देखाएका छ । मंगलबार जारी गरेको जानकारीमा चीनमा एक जना पनि कोराना संक्रमित नआएको उल्लखे गरेको छ ।

७६ दिनको लकडाउनमा वुहानका नागरिकलाई घरबाट बाहिर निस्कन कडा निषेध गरिएको थियो । यस क्रममा अत्यन्त आवश्यक काममा मात्रै बाहिर जाने अनुमति थियो । शहरका सीमालाई बन्द गरिएको थियो ।

लडकडानको समाप्तीमा वुहान शहरको यांग्जी नदीको किनारमा उत्सवको आयोजना गरियो । यस क्रममा एनिमेटेड इमेजेजको मद्दतबाट स्वास्थ्यकर्मीहरु र कोरोना विरामीको तस्विर देखाइएको थियो साथै वुहानलाई एक नायक सहरका रुपमा देखाइएको थियो । नागरिकहरु अत्यन्त उत्साहित देखिएका थिए ।

लकडाउन अन्त्य गर्नु अगाडी सहरका उच्च पदाधिकारीहरु लकडाउन अन्त्य गर्न सहर पुर्ण तयार रहेको सुनिश्चित गर्न रेलवे स्टेसन र विमानस्थलको अनुगमन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्