खरिपाटी क्यारेन्टाइनबाट बाँकी २३ घर फर्किए 



पुष्कर बुढाथोकी, भक्तपुर ।

भक्तपुरको खरिपाटीस्थित क्वारेन्टाइनमा रहेका २३ जनालाई मंगलबार घर पठाइएको छ । कोरोना प्रभावित बिभिन्न देशबाट आएका उनीहरुलाई १४ दिन अगाडि भक्तपुरस्थित विद्युत प्राधिकरणको भवनमा क्वारेन्टाइनमा राखिएको थियो ।

यहाँ रहेका सबैको कोरोना परीक्षण रिपोर्ट नेगेटिभ आएपछि उनीहरुलाई नेपाली सेना र जिल्ला सुरक्षा निकायको पहलमा घरसम्म पुर्याउने व्यबस्था गरेको सुर्यबिनायकस्थित नेपाली सेनाको बीरदल गणका गणपति कर्नेल शिव पौडेलले बताउनुभयो ।सम्भावित कोरोना संक्रमणको आशंकामा क्वारेन्टाइनमा रहेका उनीहरु चौध दिन बिताएर घर फर्किएका हुन् ।क्वारेन्टाइन अवधिमा उनीहरु प्रत्यक्ष रुपमा चिकीत्सकको निगरानीमा रहदै आएमा थिए।

क्वारेन्टाइनमा बस्दा कोरोनाको कुनै लक्षण नदेखिएको चिकीत्सकहरुले क्लिन चीट दिएपछि उनीरु खुसीका साथ घर लागेका छन्।उनीहरुलाई आफन्त समेत लिन आएमा थिए। यसअघि सोमबार ७३ जनालाई घर फर्काईएको थियो ।

सबै जनालाई सरकारले गाडीको व्यवस्था गरी घर पठाएको प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले बताउनुभयो । घर फर्कन पाउँदा उनीहरु जत्ति खुशी थिए, त्यतिनै खुशी कोरोना नभएको पुष्टि भएपछि थपिएको बताएका छन् ।

बिदाइ कार्यक्रममा क्वारेन्टाइनका स्वास्थ्यकर्मी तथा जिल्लास्थित सुरक्षा निकायका प्रमुखहरुको समेत उपस्थिति रहेको थियो ।शुरुमा उनीहरु क्वारेन्टाइनमा बस्न तयार थिएनन् । तर पछि यहाँको व्यवस्थापन देखेर खुशी भएका थिए । कोरोना प्रभावित विभिन्न मुलुकबाट दुई हप्ता अघि उनीहरु नेपाल आएका थिए ।

यसअघि चीनको वुहानबाट उद्धार गरिएका १ सय ७५ जना विद्यार्थीलाई खरीपाटी क्वारेन्टाइनमा राखिएको थियो र पछि रिपार्ट सामान्य आए पछि घर पठाईएको थियो ।

प्रतिक्रिया दिनुहोस्