भोकमरीसँग जुध्न र कोरोनाबाट बच्न केन्याका राष्ट्रपतिको सुझाव



नैरोबी, (एजेन्सी)

केन्याका राष्ट्रपति उहुरु केन्यात्ताले कोरोना भाइरस सक्रमण नियन्त्रण तथा रोकथामका लागि राष्ट्र पूर्णतया लकडाउनमा राखिँदा जनता भोकभोकै मर्ने स्थितिमा पुग्नसक्ने चिन्ता व्यक्त गर्दै ‘तर लकडाउनको विकल्प छैन’ भने ।

उनले कोरोना भाइरस फैलिन रोक्न जारी गरिएको निर्देशिका पालनामा असफल भएको खण्डमा कोरोना भाइरसले ज्यान लिने धारणा व्यक्त गरे । उनले भोकमरीसँग जुधेर भए पनि अन्तिम विकल्पका रुपमा रहेको लकडाउनको पालनाको विकल्प नरहेको पनि बताए ।

सोमबार उनले राजधानी नैरोबी र कोरोना संक्रमण तिव्र रूपमा बढिरहेका तीनवटा तटीय क्षेत्रमा आवतजावत बन्द गर्न निर्देशन दिएका थिए । उक्त निर्देशन जारी हुनासाथ सुरक्षाकर्मीले सडकहरु बन्द गर्न थालेपछि हजारौं संख्यामा केन्याली बाटोमै अलपत्र परेका थिए ।

राष्ट्रपति केन्यात्ताले जारी गरेको सोमबार रातिदेखि नैरोबी र तटीय शहर मोम्वासा , किलिफी र क्वालेशहरमा लागू हुने उक्त आवतजावत प्रतिबन्ध तीन सातासम्म कायम रहने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्