कोरोनाको त्रासले अछाम बाजुरा जोड्ने पुल भत्काईयो



धर्मेन्द्र बिसी,अछाम ।

अछामको मेल्लेख गाउँपालिका वडा नम्बर ३ ठाटी बगुडा र बाजुराको बुढीगंगा नगरपालिका बाह्रबिस जोड्ने बुढीगंगा नदी माथिको झोलङ्गे पुल भत्काईएको छ ।

सरकारले हालै लकडाउनमा कडाई गर्नलाई एक प्रदेशबाट अर्को प्रदेश, एक जिल्लाबाट अर्को जिल्ला र एक स्थानीय तहबाट अर्कोमा जान नपाईने निर्णय गरेका बेला बाजुरा जिल्लाबाट अछाम–बाजुरा आवत–जावत गर्ने क्रम नरोकिए पछी यस्तो गरिएको हो ।

सुदुरपश्चिम प्रदेश कैलाली कंचनपुरमा कोरोना संक्रमण एकै दिनमा तिन जनामा देखा परेर सुदुरपश्चिम प्रदेशमा कोरोना संक्रमितको संख्या चार पुगे पछि यसको त्रास सुदुरपश्चिम प्रदेशका पहाडी जिल्ला निकै बढेको छ ।

यती खेर भारतबाट आएकाहरु सुदुरपश्चिमको पहाडी जिल्लाका गाउँघरमा हजारौको संखयामा रहेका छन् । पुल नभत्काई पुलमा रहेका नट खोलेर केही स्टील प्लेट (फल्याक) ले नै पुल माथि बार बनाइएको बताईएको छ ।

स्थानीयलाई लकडाउनको पालना गर्न वडा कार्यालयले बारम्बार अनुरोध गर्दा पनि कसैले नमाने पछि पुलमा रहेका केही स्टील प्लेट ९फल्याक० लाई पछी लगाउने गरि निकालिएको मेल्लेख गाउँपालिका वडा नम्बर ३ ठाटीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्