तेस्रो चरणको ‘लकडाउन’ तोडेर चलाइएका २८ सवारीसाधन नियन्त्रणमा



सुभेन्द्र दास,लहान ।

‘लकडाउन’ कार्यान्वयन गराउन सिरहामा सुरक्षा व्यवस्थामा थप कडाइ गरिएको छ । दोस्रो चरणको ‘लकडाउन’ केही खुकलो देखिएपछि प्रशासनले तेस्रो चरणको ‘लकडाउन’ कार्यान्वयन गराउन कडाइ गरेको हो ।

मंगलबार प्रहरीले सिराहामा ‘लकडाउन’अवज्ञा गरेर चलाइएका मोटरसाइकल २५ वटा, एम्बुलेन्स १, ट्रयाक्टर १ र ट्रक १ गरी जम्मा २८ वटा सवारी साधन नियन्त्रणमा लिएको छ ।

जिल्ला प्रहरी कार्यालय सिरहा मातहत बाट खटिएको प्रहरी गस्ती टोलीले लकडाउन उलङघन गरी चलाईएको उक्त सवारी साधनलाई आवश्यक कार्वाहीको लागि नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यलय सिरहाले जनाएको छ । त्यस्तै खाली एम्बुलेन्स सडकमा चलाएकोले एम्बुलेन्स पनि नियन्त्रणमा लिनु परको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्