थर्मल गनको कालोबजारी गर्ने जगदम्बा स्टिलका सञ्चालक सुलभ अग्रवाल पक्राउ (फोटोफिचर)

भिडियो सहित



 

न्युज अफ नेपाल, काठमाडौं ।

गएको बिहीबार नेपाल वायु सेवा निगमको विमान चार्टड गरी ज्वान्जाउबाट २० हजार थान इन्फारेड थर्मल गन र एन ९५ मास्क नेपाल भित्र्याएर कालो बजारी गर्ने उद्योग परिसंघ(सीएनआइ) उपाध्यक्ष सुलभ अग्रवाल पक्राउ परेका छन् ।

प्रहरीले कूटनीतिक नम्बर प्लेटकाे २०९–एचसीसी–१ नम्बरकाे गाडीसहित अग्रवाललाई पक्राउ गरेको हो । महानगरीय प्रहरी महाशाखाको विशेष टोलीले ग्राहकको भेषमा थर्मल गन र मास्क किन्न लाग्दा पक्राउ गरेको हो । नेपालमा करिब ५ हजार रुपिया सम्म पर्ने सो गन राजधानीको विभिन्न स्थानमा कालोबजारी गर्न लुकाएर राखेको अवस्थामा पक्राउ गरेको हो ।

तस्वीर/भिडियो : उजोल डंगोल

प्रतिक्रिया दिनुहोस्