रक्सी उत्पादक कम्पनी सेनिटाइजर बनाउँदै



Hand sanitizer alcohol gel rub clean hands hygiene prevention of coronavirus virus outbreak. Man using bottle of antibacterial sanitiser soap.; Shutterstock ID 1662761695; Purchase Order: 2381; Job: hand sanitizer; Client/Licensee: spy

नयाँ दिल्ली ।

क्रिकेट जगतका सानदार बलर शेर्न वार्नको पहलबाट प्रभावित भएर भारतको असमस्थित आबकारी विभागले रक्सी उत्पादन गर्ने कम्पनीलाई सेनिटाइजर बनाउन सलाह दिएको छ । विभागले हाल कोभिड १९ बाट बच्न सेनिटाइजर बनाउन आग्रह गरेको हो ।

अस्ट्रेलियन क्रिकेटर वार्नले केही दिन अघि बताए कि उनको रक्सी बनाउने कम्पनीले यस विश्वमा फैलिएको महामारीसँग लड्नका लागि ह्यान्ड सेनिटाइजर बनाएर वेस्टर्न अस्ट्रेलियाको दुई अस्पताललाई दिनेछ ।

वार्नको उक्त घोषणा भएपछि यसले आसामको आबकारी विभागलाई प्रभावित गरेको हो । जब भारतको स्वास्थ्य विभागले राज्यमा सेनिटाइजर र सुरक्षात्मक मास्कको भारी कमी भएको बताएपछि आबकारी विभागमा सो विचार आएको थियो । रक्सी उत्पादन गर्ने कम्पनीले सेनिटाइजर बनाउन सकिन्छ किनभने सेनिटाइजरमा ७० प्रतिशत रक्सीको मात्रा मिसिएको हुन्छ ।

आसामका आबकारी मन्त्री परिमल सुखलाबैद्यले पीटीआईलाई बताए- यस मामिलामा आबकारी विभागले अस्ट्रेलियन क्रिकेटका दिग्गज शेर्न वार्नको स्वामित्वमा रहेको रक्सी कम्पनीद्वारा गरेको प्रशंसनीय पहलबाट प्रेरणा पाएको छ । जसले रक्सी बनाउने बन्द गरेर सेनिटाइजर उत्पादन गर्न शुरु गरेको छ ।

प्रतिक्रिया दिनुहोस्