भारतद्वारा ‘हाइड्रोक्सी क्लोरोक्वाइन’ निर्यात फुकुवा



नयाँदिल्ली ।

भारतले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोना भाइरस संक्रमितहरुको उपचारका लागि वरदान सावित हुन सक्ने भन्दै हाइड्रोक्सीक्लोरोक्वाइन नामक औषधिको निर्यात फुकुवाका लागि गरेको अनुरोध मंगलवार स्विकार गरेको छ ।

ट्रम्पले यदि सो औषधि निर्यात नगरिएको खण्डमा प्रतिकार गर्ने चेतावनी दिएको केहि घन्टा पछि भारत सरकारले यो निर्णय गरेको हो । हुन त ट्रम्पले यसअघि नै भारतिय प्रधानमन्त्री मोदीसंग यसका लागि पहल गरेका थिए ।

भारतले ट्रम्प र अमेरिकाको प्रसंग नै उल्लेख नगरीकन कोराना भाइरस पिडित मुलुकहरुलाई आफुले सुलभ ढंगले यो औषधि उपलब्ध गराउने जनाएको छ । तर चिकित्सा विशेषज्ञहरुले भने हाइड्रोक्सीक्लोरोक्वाइनले कोरिभड –१९ को उपचार हुने कुनै प्रमाण नभएको बताइरहेका छन् । हाइड्रोक्सीक्लोरोक्वाइन औलो विरुद्धको चर्चित र पुरानो औषधि क्लोरोक्वाइनसंग मिल्दाजुल्दो छ ।

प्रतिक्रिया दिनुहोस्