वेदास कलेजले शुरु गर्‍यो आफ्नै सफ्टवेयरबाट अनलाइन कक्षा



न्युज अफ नेपाल, काठमाडौ ।

विश्वभर महामारीका रूपमा फैलिएको कोरोनाभाइरस (कोभिड १९) का कारण विश्वका हरेक क्षेत्र प्रभावित भएको छ । कोरोना भाइरस संक्रमणको रोकथाम तथा नियन्त्रणका लागि नेपाल सरकारले पनि लकडाउन घोषणा गरेको छ । सरकारले देशभर लकडाउन घोषणा गरेसँगै सबै क्षेत्र ठप्प प्रायः छ । उज्यालो भविष्यको आधार अर्थात मानवजीवनको अत्यावश्यक शिक्षा पाउनबाट विद्यार्थीहरू वञ्चित छन् । कतिपय शैक्षिक संस्थाले विभिन्न विदेशी सफ्टवेयरहरु प्रयोग गरी अनलाइन अध्ययन अध्यापन गर्दै गराउँदै आएका छन् ।

हामीले भने आफ्नै सफ्टवेयर विकास गरेर अनलाइन क्लास सञ्चालन शुरू गरेका छौं । नेपालमै पहिलोपटक यस्तो सफ्टवेयरको विकास गरी सञ्चालनमा ल्याउन पाउँदा हामीलाई गौरवान्वित महशुस भएको छ ।

हामीले प्राविधिक पार्टनर एमप्रिसेप्ट टेक्नोलोजीसँगको सहकार्यमा एम प्रिसेप्ट क्लासरुम सफ्टवेयरको विकास गरेका हौं । यही सफ्टवेयरको माध्यमबाट हामीले हाम्रा विद्यार्थीलाई लकडाउनका समयमा पनि नियमित रुपमा अध्ययन अध्यापन गराउँदै आएका छौं ।

यस्तो कक्षामा विभिन्न आधुनिक सहयोगी सुविधाहरुको साथै एक आधुनिक र प्रयोग गर्न सजिलो इन्टरफेस साथमा हुन्छ । सफ्टवेयरमा क्लास सञ्चालनका लागि आवश्यक सबै सुविधा रहेका छन् । यसमा सिमलेस अडियो र भिडियो कन्फेरेन्स, पठन पाठनका समयमा स्क्रिन शेयरिङ, छुट्टै छलफलका लागि ब्रेकआउट कोठा र कुराकानी, प्रत्यक्ष सत्रको रेकर्डिङ, विद्यार्थीको नतिजा ट्रयाकर लगायतका सुविधा छन् ।

यो सफ्टवेयरमा प्रत्येक व्यक्तिगत विषयका लागि फाइल व्यवस्थापन र वाह्य स्रोतका सामाग्रीलाई पनि व्यवस्थापन गर्दछ । अरु विशेषतामा समुहगत शिक्षा ,प्रमोशन, ह्वाइटबोर्ड र कस्टम ह्वाइवोर्ड अप्सनहरू,शिक्षक तथा विद्यार्थीका लागि व्यक्तिगत तथा सामुहिक च्याटरुम, प्रत्यक्ष कक्षाकोठाको रेकर्डिङ, सहकर्मी र आत्म मुल्यांकन तथा सुरक्षा र गोपनियता लगायतका सुविधापनि रहेको कलेजका प्रमुख कार्यकारी निर्देशक कृष्णहरी पाण्डेले जानकारी दिनुभयो ।

उहाका अनुसार मोबाइल, ल्यापटप र कम्प्युटरको समेत प्रयोग गरीस् अध्ययन गर्न सकिनेछ । यसको प्रयोग गर्न विद्याथीले आप्mनो आइडी र पासवर्ड प्रयोग गर्नुपर्ने हुन्छ । हामीले यसलाई लकडाउन अवधिमा मात्रै होइन आगामी दिनमा ‘अफआवर’ मा सधै प्रयोग गर्नेछौं–उहाको भनाई थियो ।

पाण्डे ग्रुपद्वारा संचालित यस कलेजले एक दशकदेखि वर्षदेखि प्रविधिको उच्चतम प्रयोग गरी गुणस्तरीय शिक्षा प्रदानगर्दै आएको जनाएको छ । उत्कृष्ठ व्यवस्थापकीय टिमद्वारा सञ्चालित यस कलेजमा बिएससी सिएसआइटी, बिसिए, बिबिएम, बिबिएस, एमबिएस तहको अध्ययन अध्यापन हुँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्