भारत गुहार्दै ट्रम्प



वासिंगटन ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यदि भारतले कोभिड–१९ विरुद्ध लड्नका लागि अत्यन्तै महत्वपूर्ण मानिने औषधिको स्टक खुल्ला नगरेको खण्डमा त्यसको प्रतिकार गरिने बताएका छन् । भारतले हाइड्रोक्सीक्लोरोक्वाइन नामक सो औषधि निर्यातमा प्रतिबन्ध लगाएको भोलिपल्ट अर्थात आइतवार ट्रम्पले यसबारे भारतिय प्रधानमन्त्री नरेन्द्र मोदी समक्ष जिज्ञासा राखेका थिए ।

भारतले निकै ठूलो परिमाणमा यो औषधि उत्पादन गर्दै आएको छ । भारतको स्थानिय संचार माध्यमले सरकारले ट्रम्पको अनुरोधमाथि सोच विचार गरिरहेको र संभवत मंगलवार यसबारे निर्णय दिने जनाएको छ ।

ट्रम्पले सोमवार व्हाइट हाउसमा प्रेस ब्रिफिंगको क्रममा मोदिले पहिल्यै मद्धत गर्ने सहमति जनाइसकेकाले भारतका थुप्रै समिक्षकहरुले आफुलाई रुखो बन्न बाध्य बनाउन नहुने राय पनि व्यक्त गरिसकेको जानकारी दएका थिए । यि दुई नेता असल मित्र रहेका छन् । ट्रम्पले केहि समय अघि मात्र भारतको औपचारिक भ्रमण गरेका थिए ।

हाइड्रोक्सीक्लोरोक्वाइन औलो विरुद्धको चर्चित र पुरानो औषधि क्लोरोक्वाइनसंग मिल्दाजुल्दो छ । वाथ रोग जस्ताका लागि पनि प्रयोग हुने यो औषधि एन्टिभाइरल एजेन्टको रुपमा समेत प्रयोग गर्ने संभावना बढ्दै गइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्