चेर्नोबिल वरिपरि भीषण आगलागी



किभ (एजेन्सी) ।

युक्रेन स्थित चेर्नोबिल परमाणु संयन्त्र नजिकै शनिबार करिब २ सय ५० एकड जंगल भिषण डढेलोले खरानीमा परिणत भएको छ । आगो परमाणु विजुली संयन्त्र तर्फ बढिरहेकोले रेडियो विकिरण चुहावतले विस्फोटक रुप लिन सक्ने त्रास उत्पन्न भएको जनाइएको छ ।

यसले पुरा संयन्त्र एक दुर्घटना क्षेत्रका रुपमा विश्वको सबैभन्दा भिषण विनासकारी स्थलमा परिणत हुन सक्छ । यस विनासलाई रोक्न अधिकारीहरुले आगो निभाउन दुई विमान, एक हेलिकप्टर र १ सय ३० लडाकु विमान तैनाथ गरेको छ ।

आपतकालिन सेवाका अधिकारीहरुले आफनो प्रतिवेदनमा भनेका छ । विहान कही पनि आगो देखिएको छैन र हावामा रेडिएसन बढेको जानकारी पनि छैन । शनिबार केही इलाकामा रेडिएसनले गर्र्दा आगो निभाउनमा कठिनाई उत्पन्न भएको तर त्यसको वरपर भने नागरिकलाई कुनै खतरा थिएन ।

युक्रेनको स्टेट इकोलोजिकल इन्स्पेक्सन सर्विसका प्रमुख येगोर फिरसोवले फेसबुक पोस्टमा भने ( नराम्रो समाचार छ, संयन्त्रको रेडिएसन सामान्यभन्दा धेरै छ । यद्यपी संयन्त्र वरपरको जंगलमा आगलागीका कयौं घटना हुने गर्छ ।

चेर्नोबिल दुर्घटनाले युरोपको एक ठुलो हिस्सालाई प्रदुषित गरेको थियो । यहाँ सन् १९८६ अप्रिल २६ मा प्लान्टको चौथो रिएक्टरमा विस्फोट भएको थियो । जस्ले त्यसको चारैतिर रेडिएसन फैलिएको थियो । इलाकामा विजुलीको आपुर्ति प्रभावित भयो । अहिलेसम्म पनि नागरिकलाई प्लान्टको ३० किलोमिटर वरपरको इलाकामा बस्न अनुमति दिएको छैन ।

सन् २०१६ मा विस्फोट भएको आणविक भट्टी माथि उक सुरक्षा गुम्बज बनाइदिएको थियो । दुर्घटना भएको समय उक्त उर्जा प्लान्टको ३० किलोमिटरको इलाकामा १५ लाख आवादि थियो । त्यतिबेला तात्कालिन सोवियत अधिकारीले ३२ जनाको मृत्यु र १ हजार २ सय ५१ जना रेडिएसनबाट नराम्रो जलेको स्विकारेको थियो ।

प्रतिक्रिया दिनुहोस्