आइसोलेसनमा भर्ना भएका ७ को रिपोर्ट नेगेटिभ



न्युज अफ नेपाल, भद्रपुर ।

कोरोना भाइरस सङ्क्रमणको आशङामा झापाको भद्रपुरस्थित मेची अञ्चल अस्पतालमा आइसोलेसन कक्षमा भर्ना भएका ७ जना विरामीको स्बाव रिपोर्ट नेगेटिभ आएको छ । आइसोलेसन कक्षमा भर्ना भएका सबै बिरामीको रिपोर्ट नेगेटिभ आएको अस्पताल प्रशासनले जनाएको छ । अहिलेसम्म झापामा कोरोना भाइरसको रिपोर्ट पोजेटिभ फेला परेको छैन ।

सातै जनाको कोरोना भाइरस सङ्क्रमणको थ्रोट स्वाब परीक्षणको रिपोर्ट नेगेटिभ आएको अस्पतालका मेसु डा. पीताम्बर ठाकुरले जानकारी दिनुभयो । धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठाएको दुई जनाको रिपोर्ट सोमबार बेलुका आएसँगै सबै जनाको रिपोर्ट नेगेटिभ भएको उहाँको भनाइ छ ।

मेचीमा अहिलेसम्म भद्रपुरका कर्णबहादुर विक, सिताराम पाठक, लीला पाठक, गौरादहका रीतबहादुर बस्नेत, झापा गाउँपालिका प्रवेज आलम, कमल गाउँपालिकाका आकाश उराउ र वासु श्रेष्ठको परीक्षण रिपोर्ट नेगेटिभ आएको उनले जनाए । अहिले मेचीको आइसोलेसनमा नयाँ बिरामी नरहेको अस्पतालले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्