सस्तोमा चुरोट किन्न पैदल स्पेन जान खाज्नेलाई जरिवाना



टुलुज (एजेन्सी)

फ्रान्सका एक ब्यक्तिमाथि कोरोना भाइरस महामारीका बेला नियम उलंघन गरेकोमा जरिवाना तिराइएको छ । ती ब्यक्ति शनिबार दक्षिण फ्रान्सको पेर्पिग्नन सहरबाट स्पेनको ला जोन्केरा सहरमा सस्तोमा चुरोट किन्न हिँडेरै गइरहेका थिए । शुरुमा उनी गाडीबाट चाहेको तर जाँच चौकीमा उनलाई रोकेको प्रहरीले जानकारी दिए ।

त्यसपछि उनले दुई देशको सीमालाई विभाजन गर्ने पहाडी मार्ग अपनाए । पहाडको झाडीको बीचबाट जाने क्रममा उनी एक झरणामा खसे । त्यसपछि उनी पाइरेनिज इलाकाका प्रहरीको फन्दामा परे । उनलाई धरै चिसो लागिरहेको थियो, जसले गर्दा उनले होस नै गुमाइसकेका थिए । त्यसैले उनले कसैसँग सम्पर्क पनि गर्न सकेका थिएनन् ।

प्रहरीले ट्विटरमा झरणामा खसेका ब्यक्तिका उद्धारका लागि हेलिकप्टरको मद्दत लिएको जानकारी दिएको छ । उनीमाथि कोरोना भाइरस नियमको उलंघन गरेकोमा जरिवाना लगाइएको छ । यद्यपी उनको नाम भने खुलाइएको छैन । ज्यान जोगिएपछि ती ब्यक्तिले १ सय ३५ युरो जरिवाना तिरे । त्यसपछि प्रहरीले उनलाई घरमै बस्नु पर्ने प्रतिबद्धता गराई छोडेको थियो ।

विश्वभर कोरोना भाइरस महामारीका कारण धेरैजसो देशले आफना सीमालाई बन्द गरी लकडाउन घोषणा गरेका छन् । फ्रान्समा पनि लकडाउन छ । तर यहाँ आवश्यक सामाग्री भने उपलब्ध गराइएको छ । त्यसैले स्पेनका नागरिक यहाँ चुरोट, मदिरा, खाने सामाग्री र इन्धन किन्न आइरहेका छन् । किनभने स्पेनको तुलनामा फ्रान्समा सामान सस्तोमा पाइन्छ ।

प्रतिक्रिया दिनुहोस्