कोरोना संक्रमित साढे १३ लाख, फ्रान्समा अहिलेसम्मकै धेरैको मृत्यु



न्युयोर्क (एजेन्सी)

अमेरिकी अनुसन्धान केन्द्र जोन्स हप्किंग्स युनिभर्सिटीका अनुसार विश्वभरी कोरोना भाइरस संक्रमित संख्या १३ लाख ४७ हजार ७ सय ४९ पुगेका छ । अहिले सम्म यस महामारीबाट ७३ हजार ९ स ि१७ को मृत्यु भइसकेको छ ।

केही देशले आफनो कोरोना संक्रमणको संख्या कम बताइरहेकोले संक्रमित संख्या अझ बढी हुन सक्ने बताइएकोछ । शोधकताहरुका अनुसार अहलिेसम्म २ लाख ७५ हजार ८ सय ८३ जना उपचारपछि ठीक भएका छन् ।

यसबीच फ्रान्समा पनि कोरोना संक्रमणका कारण किर्तिमान मृत्यु भएको छ । यहाँ मृत्यु हुनेको आंकडा एक दिनमा १० प्रतिशतले बृद्धी भएको छ । यहाँ विगत २४ घन्टामा ८ सय ३३ ले ज्यान गुमाएका छन् ।

इटाली र स्पेनपछि अब अमेरिकामा यो भाइरसबाट मर्नेको आंकडा १० हजार नाघेको छ । अमेरिकामा मर्नेको संख्या १० हजार ३ सय भन्दा धेरैको मृत्यु भइसकेको छ भने संक्रमित संख्या साढे तीन लाख पुगिसकेको छ । यो इटालीको भन्दा ६० प्रतिशत धेरै हो ।

इटालीमा कोरोनाबाट मर्नेको संख्या सबैभन्दा बढी १६ हजार पुगेको छ । यहाँ कोरोना पोजिटिव संख्या १ लाख ३२ हजार छ ।

विश्वभरी कोरोना संक्रमणबाट मर्नेको संख्या ७२ हजार नाघिसकेको छ । भारतमा कोरोना संक्रमित संख्या ४ हजार ७ सय ७० नाघिसकेको छ भने मर्नेको संख्या १ सय ३६ पुगेकोछ । विगत २४ घन्टामा चीनमा ३७ जना नयाँ संक्रमित देखिए पनि यहाँ कसैको मृत्यु भएको छैन ।

प्रतिक्रिया दिनुहोस्