कोरोनाको कारण डाक्टरद्वारा आत्महत्या



Doctor avatar icon. Profession logo. Male character. A man in professional clothes. People specialists. Flat simple vector illustration.

पेरिस, (एजेन्सी)

कोरोनाभाइरसको डर मान्छेमा यतिसम्म भयो कि मान्छेले ज्यान सितैंमा गुमाइरहेका छन् । कोरोनाले होस् या अन्य कारण मान्छेले आफ्नो ज्यान गुमाएका छन् । कोरोनाकै डरमा कोही कोहीले त आत्महत्यासमेत गरेका छन् । यसै क्रममा फ्रान्सको फुटबल क्लब रीम्सका डाक्टर बर्नार्ड गोन्जालेजले आत्महत्या गरे । ६० वर्षीय गोन्जालेज कोरोनाबाट संक्रमित भएको जनाएको छ ।

फ्रेन्च सञ्चार माध्यमले जनाएअनुसार गोन्जालेज डिप्रेसनमा थिए । फेन्च लिग वानको क्लब रीम्सले बयान जारी ग¥यो कि बर्नार्डको निधनले खेलाडीलाई मात्रै होइन, रीम्स शहरका हजारौं मान्छेमा गहिरो चोट पुगेको छ ।

यस्तै रीम्सका मेयर अर्नाड रबिनले बताए– ‘बर्नार्डको आत्महत्याले मलाई स्तब्ध तुल्यायो । मैले उनलाई धेरै वर्षदेखि चिनेको थिए“ । उनले सुसाइड नोट पनि छोडेका छन् । उनले त्यसमा कोरोना संक्रमित भएको कुरा लेखेका थिए । बर्नार्डलाई शहरका सबै मान्छेले मनपराउने गर्थे ।’

योस“गै कोरोनाको कारण खेलकर्मी मर्नेको संख्या पनि बढिरहेको छ । यसअघि इंग्ल्यान्डका लंकाशायर क्रिकेट क्लबका अध्यक्ष डेविड हाजकिस (७१ वर्ष), फ्रान्सका ओलम्पिक डी मार्सल फुटबल क्लबका पूर्वअध्यक्ष पेप डिओफ (६८ वर्ष), पाकिस्तानका स्क्वाश लिजेन्ड आजम खान (९५ वर्ष) मा निधन भएका थिए । आजमले १९५९ देखि १९६२ सम्म लगातार ४ पटक ब्रिटिस ओपन उपाधि जितेका थिए ।

प्रतिक्रिया दिनुहोस्