सिरहाको लहानमा राहत स्वरुप काक्रो बितरण



महेश सिंह, सिरहा ।

विश्वमा माहामारीको रूपमा फैलिरहेको कोरोना भाईरस नेपालमा पनि त्राहीमान बनाउनेको छ् । नेपाल सरकारले कोरोना भाईरस अर्थात कोभीड १९ को संक्रमण बाट बचन नेपाल भरि लकडाउनको नियम पाल्ना गर्न नेपाली सेना नेपाल प्रहरी ,सशस्त्र प्रहरी परिचालन गरेका छन् ।

 

नेपाल सरकारले चैत ११ गते देखि देश भरि लकडाउनको निर्णय गरेको हो। लकडाउनको नियम उल्घन गर्ने ब्यक्ती लाई कारबाही समेत गर्ने निर्णय गरेका हुन् ।

कोरोना भाईरस स्वास प्रक्रियाको माध्यम बाट र शारिरीक अंगमाल गर्नाले र मानिसको धेरै भिड भाडामा सजिलै पलाउने र एक अर्कामा सजिलै संग संक्रमित हुने भएको लकडाउन गरेको हो।

 

नेपालमा लकडाउनको प्रभावले यातायात ,उधोग ,कलकारखाना ,शिक्षण संघ संस्था बजार पसलहरु समेत बन्द भएकोले ज्याला मजदुरी गर्ने निम्न बर्ग र अति बिपन गरिब ललित भुमिहिन ,सुखुम्बासिहरुको बिचल्ली भएको छ्।यता कोरोनाको त्रास उता घरमा अनको कहर छाक टार्नलाई सरकारको आशमा दिन चरिया बिताउने गरेका छन् ।

 

लकडाउन का कारण ज्याला मजदुरी गर्ने ब्यक्तीहरु काम गर्न नपाए पछि मुख हात जोड सकिरहेको छैन । स्थानीय सरकार राजनीति दलका प्रतिनिधी , समाज सेबि ब्यापारीको राहतका आशमा बाटो निगाल्दै कुरेर बसेका हुन्।

 

सिरहाको लहान नगरपालिका वडा नम्बर २,३ मा वाडाका अध्यक्ष सियाराम यादवको उपस्थितिमा लहानको अस्पताल चौक स्थित रहेको सेराज पोलिकिल्निकको संन्चालक तथा लहान कन्ट्रक्सनका संचालक एवं राजनीतिमा विशेष रुची रहेको चर्चित राजनीतिकर्मी तथा युवा नेता ओम सिंह ले भोक कहरमा बसेका गरिब बिपन परिवारलाई ब्यक्तीगत आर्थिक सहयोगमा करिब ३ सय घर धुरीलाई राहत स्वरुप काक्रो बितरण गरेका छन् ।

 

बितरण सहयोगमा जनमत पार्टीका लहान नगर अध्यक्ष देबकान्त सिंह , समाज सेबि रामशंकर यादव, समाज बादी पार्टीका युवानेता ज्ञान् महतो बुद्धि जिबि भोला जित नेपाल लगायत सयौं युवाहरूको सहभागिता रहेको आयोजक ओम सिंहले जानकारी दिनु भयो ।

प्रतिक्रिया दिनुहोस्