नेकपाले बोलायो सचिवालय बैठक



न्युज अफ नेपाल,काठमाडौं ।

नेपाल कम्युनिष्ट पार्टीका शीर्ष नेताहरुले दबाब दिएपछि पार्टीले सचिवालयको बैठक बोलाएको छ । चर्को दबाब परेपछि पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले सचिवालय बैठक बोलाउनुभएको हो ।

औषधी उपकरण खरिद प्रक्रियामा सरकारको निर्णय विवादित बनेसँगै नेकपाका सचिवालय सदस्यहरुले बैठक बोलाउनु पर्ने माग गरेका थिए । अध्यक्ष ओली र अर्का अध्यक्ष पुष्कमल दाहाल ‘प्रचण्ड’को छलफलपछि सचिवालय मंगलवार सचिवालय बैठक बोलाइएको हो ।

नेकपका वरिष्ठ नेता झलनाथ खनालले पार्टीले सचिवालय बैठक बोलाइएको बताउनुभयो । पछिल्लो पटक गत चैत ५ मा बसेको सचिवालय बैठक बसेको थियो । स्वास्थ्य सामाग्री खरिद र सरकारका पछिल्ला निर्णयबारे पार्टीभित्र निकै असन्तुष्टी रहेको छ ।

लकडाउनका बीच सरकारले गरेका पछिल्ला निर्णयका विषयमा पार्टी नेताहरुले सचिवालय बैठक बसालेर स्पष्ट बनाउन ओलीलाई आग्रह आएका छन् । उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल र स्वास्थ्यमन्त्री भानुभक्त ढकाल स्वास्थ्य सामाग्री खरिद प्रकरणक मुछिएको भन्दै नेताहरुले पार्टीमा स्पष्ट पार्नुपर्ने माग गर्दै आएका छन् ।

भोली (मंगलबार) बस्ने बैठकमा कोरोना रोकथाम र नियन्त्रणको लागि भइरहेका काम, औषधी उपकरण खरिद प्रक्रियामा विवाद र कोरोना भाइरसको बारेमा चाल्नु पर्ने कदमको बारेमा छलफल हुने वरिष्ठ नेता खनालले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्