बुरुन्डीमा लिगलाई निरन्तरता



लन्डन, (एजेन्सी)। 

बुरुन्डीको फुटबल महासंघले घरेलु लिग सुचारु गर्ने सोमबार जनाएको छ । महासंघले बुरुन्डीको स्वास्थ्य मन्त्रीसँग कोरोनाभाइरस संक्रमणको सन्दर्भमा छलफल गरेपछि लिगलाई निरन्तरता दिने भएको हो ।

तर टोलीका खेलाडीले सावधानी अपनाउनु पर्ने महासंघले जनायो । उनीहरुले गोल भएमा समूहमा खुशीयाली मनाउन नपाउने बताए । त्यस्तै खेल अघि हात धुनुपर्ने र एकअर्कासँग हात मिलाउन नपाउने जनाएको छ ।

बुरुन्डीमा जारी सिजनमा तीन चरणका खेल बाँकी छन्, जहाँ हाल कोरोना भाइरसको संक्रमित तीन जनामा देखिएको छ । हाल विश्वभरि कठिन परिस्थितिमा पनि केही राष्ट्रमा लिग संचालन भइरहेको छ । बुरुन्डीसहित बेलारस, निकारागुवा र ताजिकिस्तानमा फुटबल लिग निरन्तर चलिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्