नेपाल लाइफ इन्सुरेन्सद्वारा एक करोड सहयोग



काठमाडौँ। 

नेपाल लाइफ इन्सुरेन्स कम्पनी लिमिटेडले कोभिड–१९ को रोकथाम तथा नियन्त्रणका लागि सरकारले स्थापना गरेको ‘कोरोना भाइरस सङ्क्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोष’ मा रु एक करोड सहयोग गरेको छ ।

नेपाल लाइफका सञ्चालक समिति अध्यक्ष गोविन्दलाल सङ्घईले आज रु एक करोडको चेक प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव नारायणप्रसाद विडारीलाई हस्तान्तरण गर्नुभएको कम्पनीले जनाएको छ ।

सो अवसरमा नेपाल लाइफका सञ्चालक समिति अध्यक्ष सङ्घईले आफूहरु सरकार र आमनागरिकसँग एक भई यस महामारीविरुद्ध लड्न र सङ्क्रमण फैलिन नदिन प्रतिबद्ध रहेको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्