कोरोना संक्रमित गायिका कपुर अस्पतालबाट डिस्चार्ज



एजेन्सी ।

कोरोना भाइरसबाट संक्रमित भारतीय गायिका कनिका कपुर अस्पतालबाट डिस्चार्ज भएकी छन् ।

लखनउस्थित एसजीपीजीआई अस्पतामा दुई साताको उपचारपछि कनिकालाई आज डिस्चार्ज गरिएको हो । मार्च २० मा अस्पतालमा भर्ना भएकी उनको छैठौँ रिपोर्ट नेगेटिभ आएपछि डिस्चार्ज गरिएको हो । अस्पतालले उनलाई १४ दिनसम्म घरमै क्वारेटाइनमा बस्न सल्लाह दिएको छ ।

प्रतिक्रिया दिनुहोस्