कोरोनासँगै भ्रष्टाचाररुपी भाइरसको सक्रियता



पविता मुडभरी पुडासैनी

कोरोना भाइरससँगै भ्रष्टाचाररुपी भाइरसको पनि सक्रियताबढेको देखियो । यस विषयमा जनता अझसचेत हुनुपर्ने अवस्था छ ।केही दिनअघिमात्रै चीनबाट खरिद गरेर ल्याइएका कोरोना भाइरसविरुद्ध उपचारसामग्रीमा अत्यधिक मूल्य तिरिएको र त्यसमा अर्बौं रुपियाँ अनियमिता भएको समाचार बाहिरिएसँगै भ्रष्टाचारविरोधी तिक्तता सामाजिक सञ्जालमा छरपस्ट देखियो ।

 

उपचार सामग्री तथा स्वास्थ्यकर्मीका सुरक्षाका लागि ल्याइएका विभिन्न सामग्रीमध्ये ४ रुपियाँ पर्ने सर्जिकल माक्सको प्रतिगोटा २९ रुपियाँर प्रतिगोटा ६ रुपियाँ पर्ने सामान्य खालको सेतो पञ्जा प्रतिगोटा २२ रुपियाँ तिरेर ल्याइएको भन्दै२० प्रतिशतसम्म महँगोमा विभिन्न कमसल सामान भित्र्याएको खबरले आमनागरिक आक्रोशित छन् । यो महासंकटको समयमा पनि स्वास्थ्य उपचार सामग्री खरिदमा सरकारका जिम्मेवार व्यक्तिले कमिसनको चक्करमा व्यापारीसँग मिलेमतो गरेको आरोप सञ्चारमाध्यममै व्याप्त छ।

 

यसको सर्वत्र आलोचना भइरहँदा पारदर्शिता खुलाउनुभन्दा उपचार सामग्री खरिदमा भएको अनियमितता लुकाउँदै र अनभिज्ञता प्रकट गर्दै स्वास्थ्यमन्त्री जवाफदेहिताबाट भाग्न खोजेको देखियो । नेपाल सरकारले कोरोना भाइरसविरुद्ध उपचारका लागिएक अर्ब २६ करोडको सामान तीन चरणमा नेपाल भित्र्याउने तयारी गरेकोथियो।

 

चिकित्सकका लागि प्रयोग गर्न ल्याइएका अत्यावश्यक सामग्री खरिदमा समेत चलखेलको प्रयास गर्नु रमहामारीका बेला अर्काले अनुदानमा दिने रकममा समेत घोटाला, कमिसन र भ्रष्टाचारको जगजगी हुन्छ भने जनताले के आशा गर्ने ?समाचारमा आएको यो तथ्यको अख्तियारमा उजुरी परिसकेकालेसही छानबिन होला नै। यद्यपिकोरोना महामारीको यो कालकोठरी समयलाई भ्रष्टाचार गर्ने अवसरका रुपमा लिइएको हो भनेनालायकीको पराकाष्ठा नैहो ।

 

त्यसो त विगतदेखि नै प्राकृतिक विपत्ति, महामारी र राष्ट्रिय संकटका समयमा कालोबजारी, घुसखोरीर भ्रष्टाचाररुपी भाइरस सल्बलाउनेगरेका छन् । भाइरस संक्रमणको यो भयावह परिस्थितिमा पनि स्वास्थ्य सेवा दिने चिकित्सकलाई सुरक्षाका लागि आवश्यक पर्ने सामान खरिदमाअर्वौं रुपियाँको नीतिगत भ्रष्टाचार भएको समाचारले महामारीसँगै राज्यले थेगिनसक्नु गरी बढ्नेभ्रष्टाचारको आँकलनलाई बल पु¥याएको छ ।

 

भ्रष्टाचारीको मुखै हेर्दिन भन्ने प्रधानमन्त्रीकोसरकारको जिम्मेवार व्यक्तिमा देखिएको भ्रष्टाचारजन्य हर्कतले ध्यानाकर्षण त गराएको छ । तरसेक्युरिटी प्रिन्ट मेसिन खरिदमा भ्रष्टाचारमा मुछिएका तत्कालीन सञ्चारमन्त्रीगोकुल बास्कोटा काण्डकै लयमा प्रधानमन्त्रीको भनाइ नबाहिरिएला भन्न सकिन्न । कम्युनिस्ट सरकारको शासनकालमा भ्रष्टाचारको पारो यति बढेको छ कि वाइबडी काण्ड, ३३, किलो सुन काण्ड, सुरक्षा प्रिन्टिङ मेसिन खरिदमा भ्रष्टाचार काण्डलगायत हाल स्वास्थ्य उपचार सामग्री खरिदमा भएको अनियमितता काण्डले कम्युनिस्ट सरकार कमाउनिस्ट सरकारमा रुपान्तरित भएको छर्लंगिएको छ । महामारी र संकटको घडीमासहयोग गर्नुको साटोधन सोहोर्ने र थुपार्ने अवसरका रुपमा उपयोग गरिने धृष्टता देखिँदै छ।

 

हाल कतिपय निजी अस्पतालले कोरोना संक्रमणका बिरामीको उपचार नगरेको भन्दै तीव्र आलोचना भइरहेछ । जो–जस्तो बिरामीलाई पनि कोरोनाको आशंका गर्ने र मान्छे जे रोगले मरेपनि कोरोनाकै कारण हो कि भन्ने त्रासले लास नउठाउने अनि मलामी नजाने प्रवृत्ति बढ्दै छ। सामान्यज्वरो तथा रुघाखोकीका बिरामीजँचाउन जाँदा निजी स्वास्थ्य संस्थाले फिर्ता पठाएका खबर बाहिरिएका छन् ।

 

यस्तो अवस्थामा स्वास्थ्यकर्मीले कोरोनासंक्रमणबाट बच्न व्यक्तिगत स्वास्थ्य सुरक्षाका लागि सरकारसँगमाग गरेका पीपीआई अर्थात् सुरक्षा कबचबारे केही दिनअघि स्वास्थ्यमन्त्री भानुभक्त ढकालले बोेलेको गैरजिम्मेवार अभिव्यक्तिले स्वास्थ्यकर्मीहरुलाई बिच्क्याएको छ। विश्वभर भाइरस संक्रमणका कारण स्वास्थ्यकर्मीसमेत आफैं संक्रमित भएर मरिरहेका अवस्थामा नेपालमा उपचारमा खटिन सुरक्षा कबच माग गरेका स्वास्थ्यकर्मीलाईभान्छामा बस्न पनि पीपीआई मागेको भन्दै हँसी मजाकमा उडाउने कार्य स्वास्थ्यमन्त्रीबाट भयो । स्वास्थ्य कबचविना नै स्वास्थ्यकर्मीले उपचार गर्नुपर्ने अवस्थामा संक्रमणकोस्थिति कति भयावहहोला ?कोरोना भाइरसको यो उग्र ताण्डवले विश्वलाई नै आतंकित पारिसक्दा पनि उनमा स्वास्थ्यकर्मीको सुरक्षाप्रति रत्तिभर चासो र चिन्ता नदेखिनु अर्कोविडम्बना हो।

 

औसत मध्यमवर्गीय जीवनस्तरका नेता–कार्यकर्ता केही समयमै नवधनाढ्यमा परिणत हुने र यसको जरा भाइरस सरी फैलने राजनीतिक चरित्रको पुनरावृत्ति हो हालको सामग्री खरिद अनियमितताकोघटना । यसैगरीराजनीति हुँदै देशको केन्द्रभागसम्म फैलने वर्चश्व र हालिमुहालीले देशको अर्थतन्त्र खोक्रो हँुदै छ । आफ्नै दलका नेता–नेतृको भ्रष्टाचारी कदमको विरोध नगर्ने सबैजसो कार्यकर्ताको प्रवृत्ति नै नीतिगत भ्रष्टाचारको लिस्नो बनेको छ । भ्रष्टाचार विषवृक्ष बनेर मौलाइरहेको टुलुटुलु हेरेर बस्दै आएका छन् विगत र वर्तमानका शासकहरु ।

 

अब पनि गल्ती–कमजोरी लुकाउँदै समृद्धि र राष्ट्रवादको नारा कहिलेसम्म ?२०४७ सालदेखि प्रजातन्त्र, लोकतन्त्र र गणतन्त्र हुँदै तीन दशक तय गरिसक्दा हामी केमा आत्मनिर्भर छौं त ?यसको परीक्षण अझ यस्तै महामारीका समयमा हुने हो ।यो समयमा महामारीविरुद्ध सशक्त कदम चाल्नुपर्नेमा कहाँबाट कसरी कमिसन र नाफा कमाउन सकिन्छ भनी भ्रष्टाचारका दुला खोतल्ने प्रवृत्ति रोकिएन। महामारीको मानव चित्कार र कोलाहलले यिनलाई छोएको देखिएन ।राज्यशक्तिको दुरुपयोग गर्दै राज्य संयन्त्रमा जताततै हात लामो गर्ने कुकृत्य कम्युनिस्ट शासनकालमा कोरोना भाइरससरि फैलिरहेछ । यसको मूल जड निष्पक्षता,पारदर्शिता र सदाचारिता हराउनु नै हो ।

 

महामारीका विरुद्ध लड्न स्वदेशी–विदेशीले सहायता र सहकार्यका लागि हात उठाइरहेछन् । पूर्वराजा ज्ञानेन्द्रलाई पनि यो महामारीको क्रन्दनले छोएको देखियो । उनले महामारीविरुद्ध सहायता कोषमा २ करोड रकम सहायता गर्ने बताइरहँदा अकुत सम्पत्तिका धनी अनगिन्ती नेतागण, मन्त्री,प्रधानमन्त्री तथा जनप्रतिनिधिहरुले यसरी नै दिल खोलेर सहयोग रकम जुटाएको देखिएको छैन ।

 

हालइटालियनहरु महामारीबाट दिवंगतलासका चाङ देखेर विचलित हुँदै सडकमा पैसा मिल्काइरहेछन् । तर यहाँ सरकारका जिम्मेवार व्यक्तिमै भ्रष्टाचारको भाइरस सल्बलाइरहेछ । कोरोना भाइरस संक्रमणकाबिरामी निको भएर फर्कनेको संख्या बढी भएपनि मर्नेको लस्कर र विवशताले विश्वलाई अत्याइरहेछ । युरोपमा मात्र २० हजारभन्दा बढीले ज्यान गुमाइरहेछन् । ६० हजारको संख्यामा महामारीबाट मानिसको मृत्युभइरहेछ । लकडाउनसँगै आर्थिक तथा व्यापारिक कारोबार ठप्प छ ।

 

लकडाउन संक्रमणबाट बचाउने एउटा उपाय मात्र हो । संक्रमितको उपचार त स्वास्थ्यकर्मीकै हातमा हुन्छ । छिमेकीसँगको नाका बन्द गर्न ढिलाइ हुनुका कारण विदेशिएका हजारौं नेपालीले कोरोना महामारी भित्र्याएर गाउँ–गाउँफैलिसकेको छ । स्वास्थ्य परीक्षण तथा संक्रमितको उचित व्यवस्थापनमा अझैढिलाइ हुने हो भने संक्रमणलेगाउँ, शहर जताततै डढेलोको रुप नलेला भन्न सकिन्न ।

 

कोरोेना महामारीले धेरै देशका स्वास्थ्य प्रणाली असन्तुलित अवस्थामा रहेको छ । जसका कारण महामारीका बिरामीको उपचार गर्दा कैयौँ दीर्घरोगीहरु अस्पतालमा उपचार नपाएर छटपटाइरहेका हुन सक्छन् । विशेषतः सुगर, क्यान्सर, उच्च रक्तचाप तथा मृगौला रोगीका बारम्बार गरिरहनुपर्ने स्वास्थोपचारमा पनि सरकारको ध्यान खिचिनुपर्छ । विदेशबाट भित्रिएकाहरुको स्वास्थ्य परीक्षणसँगै जनस्वास्थ्यलाई केन्द्र, प्रदेश र स्थानीय तहसम्म भरपर्दो एवं सर्वसुलभ बनाइएन भने महामारीबाट उम्कन सकिँदैन । रोजगारीका लागि युवा निर्यात गर्दारेमिट्यान्ससँगै कोरोना भाइरस पनि आयात भयो ।वैदेशिक रोजगारीको यो भयावह दूरगामी मूल्य चुकाउन आज हामी विवश छौं ।

 

देशको उद्योगधन्दा मासेर पूर्णरुपमा आयातमा निर्भर भई त्यसैमाथि आयातित वस्तुमा चर्को भ्रष्टाचार र अनियमितता गर्ने जिम्मेवार व्यक्तिका नियतले राष्ट्रको अर्थतन्त्र चौपट बन्दै छ । वैदेशिक रोजगारीबाट भित्रिएको रेमिट्यान्सले देशको अर्थतन्त्र धान्दै आएको अवस्थामा हाल कोरोना महामारीले ठूलो संख्यामा युवाहरु वैदेशिकरोजगारी गुमाउँदै छन् ।

 

हाम्रा कृषि औजार कारखाना, कपडा कारखाना, गलैंचा कारखाना,कागज कारखाना, धागो कारखाना,जुत्ता कारखानालगायत ठूला उद्योगहरु कौडीका भाउमा बेचेर देशलाई परावलम्बी बनाउँदा हाल हरेक सामान विदेशबाट आयात गर्ने र त्यसैमा अर्बौंको भ्रष्टाचार गरी अर्थतन्त्रलाईखोक्रो बनाउने नियत झन्–झन् बढ्दै छ। हामीलाई आत्मनिर्भर बनाउने के–कति उद्योगधन्दा कुन–कुन शासकका पालामा खुले ?त्यसो त देश आत्मनिर्भर हुँदा भ्रष्टाचार गर्ने दुला टालिने डर नेता–नेतृ तथा शासकलाईछ । झुप्राका बासिन्दालाई छोटो समयमै महलका मालिक बनाउने ठूलो राजनीतिक अवसर बनेको छ भ्रष्टाचार ।

 

संसद्मा बोल्ने क्रममा माओवादी पार्टीका पूर्वनेता बाबुराम भट्टराईले केही समयअघिसम्म झुप्राका बासिन्दा आजै हामी कसरी महलका मालिक भयौँ भन्दै यसमा लुकेको भ्रष्टाचारको डढेलो खोतल्न र भ्रष्टाचारीलाई कारबाही गर्न आग्रह गरेका थिए । आफू नेतृत्वमा पुग्न पाए देशको कायापलट गरिछाड्ने गुड्डी हाँक्ने नेतृत्वका वर्तमान सोच, व्यवहार र कार्यशैलीबाट देश झन् खोक्रिँदै छ,जनता आजित छन्।

 

विश्व नै महामारीको प्रताडनामा परेको अवस्थामा अर्थतन्त्र बचाइराख्न भन्दै फेरिपनि दातृ निकायसँग ऋण र सहयोगको याचना गर्न सरकार बेसरम पारामा तम्तयार छ ।तत्कालका लागि दैवी प्रकोप उद्धार कोषमा थुप्रिएको अर्बौं रकमको यही विपत्तिमा सदुपयोग गर्दै कोरोनाविरुद्ध सहायता कोषको रकमसमेतबाट भाइरस संक्रमितको उपचारलाई तीव्रता दिन अनिनागरिकका दैनिकसमस्या सम्बोधन गर्न सरकारले कन्जुस्याइँ नगरोस् ।

प्रतिक्रिया दिनुहोस्