ओलम्पिक फुटबलमा १ वर्ष बढाउने तयारी



लन्डन, (एजेन्सी)

फिफा (विश्व फुटबल महासंघ)ले अर्को वर्ष हुने ग्रीष्मकालीन ओलम्पिकका लागि पुरुष फुटबलतर्फ उमेरको सीमा बढाउन सक्ने जनाएको छ ।
यस वर्ष हुनुपर्ने टोक्यो ओलम्पिक कोरोना भाइरसको महामारीका कारण रद्द भएपछि फिफाले सो निर्णय लिन लागेको हो ।

 

जारी वर्षमा कोरोनाले गर्दा २३ वर्षमुनिका खेलाडीले छनोट खेल्न नपाएको हुँदा अर्को वर्ष केही खेलाडी २४ वर्षमा पुग्नेछन् । तर २४ लाग्ने खेलाडीले पनि सहभागी हुन पाउने गरी फिफाले यस्तो निर्णय ल्याउन लागेको जानकारी गराएको छ ।

 

ओलम्पिक पुरुष फुटबलमा २३ वर्षमुनिका खेलाडीले मात्रै खेल्न पाउने प्रावधान रहेको छ । फिफाले जनाएअनुसार १ जनवरी १९९७ पछि जन्मेका खेलाडीले खेल्न पाउनेछन् । तर महिलातर्फ भने उमेरको प्रावधान राखिएको छैन । आगामी वर्ष टोक्योमै हुने ओलम्पिकको उद्घाटन समारोह २३ जुलाईमा गरिनेछ ।

 

प्रतिक्रिया दिनुहोस्