आमाको मृत्यु, छोरीको स्वाव परिक्षण



मोतीराम तिमल्सिना,काभ्रे ।

पनौती १२ भुमेडाँडा कलाँती घर भएकी ५० बर्षिया महिलाको आईतबार विहान उपचारको क्रममा निधन भएको छ । महिलालाई एक्कासी पेट र टाउको दुखी विरामी भएपछिधुलिखेल अस्पताल पु¥याईएको थियो । अस्पताल पु¥याउनासाथ डाक्टरले मृत घोषणा गरेपछि मृतक महिलाको शवबाट स्वाब लिई परिक्षणका लागि पठाईएको छ ।

महिलाको छोरी २८ बर्षिय चैत्र ३ गते कतारबाट नेपाल आउनु भएको थियो । केहि दिन आमासँग बसेर काठमाडौ गएकी उनीले आमालाई विरामी भएको थाहा पाए पनि अस्पताल पु¥याउने कुरामा चासो नराखेको आशंका गरिएको छ । श्वास फेर्न असहज भएर केहि दिन ज्वरो आए पनि अस्पताल नपु¥याएका कारण महिलाको निधन भएको आशंका गरिएको छ ।

महिला क्षयरोगको नियमित औषधी सेवन गर्ने ब्यक्ति हुन् । महिलाको निधन भए पछि वडा, नगरपालिका, जिल्ला कमाण्ड पोष्ट र अस्पतालले सतर्कता अपनाएको छ । उनलाई अस्पताल ल्याउने र उनिसँग सम्पर्क भएका ११ जनालाई क्वारेन्टाईनमा राखिएको छ । छोरीको स्वाव परिक्षणका लागि पठाईएको छ । यस अघि सोहि स्थानका एक जना अस्पताल भर्ना भई घर फर्किसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्