नेकपा लपुद्वारा महालक्ष्मीलाई एक सय बोरा चामल



ललितपुर । 

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) महालक्ष्मी पार्टी कमिटीले महालक्ष्मी नगरपालिकालाई आज एक सय बोरा चामल सहयोग गरेको छ । महालक्ष्मीका विपन्न वर्गलाई खाद्यान्नको सुविधा पु¥याउन कमिटीले नगरपालिकालाई उक्त राहत सामग्री सहयोग गरेको हो ।

नेकपा वाग्मती प्रदेशका सदस्य शिवप्रसाद कट्टेलले नगरपालिका प्रमुख रामेश्वर श्रेष्ठलाई चामल, दुई सय केजी दाल, दुई सय पोका नुन, एक सय लिटर तेल र एक सय साबुनलगायत उपभोग्य सामग्री हस्तान्तरण गर्नुभयो ।

नेता कट्टेलले नगरपालिकामा रहेका प्रत्येक वडामा वितरण गर्न मिल्ने गरी प्रतिवडा १० बोरा चामल, २० केजी दाल, १० केजी नुन र १० साबुन सहयोग गरिएको जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्