अष्ट्रेलिया पुगेका बिद्यार्थीहरुलाई ग्रेसको राहत,समस्यमा परे सम्पर्कमा आउन आग्रह



भूपराज बस्याल,काठमाडौं ।

कोरोना भाइरस (कोभिड १९) का कारण अस्ट्रेलियामा समस्यमा परेका नेपाली विद्यार्थीहरुलाइ ग्रेस इन्टरनेशनल मेलबोन एजुकेशन एण्ड माइग्रेसन सर्भिसेज सहयोग प्रदान गरेको छ । यस्तो परिस्थितीमा संकटमा परेका बिद्यार्थीहरुलाई ग्रेसले आर्थिक सहयोग गरेको संचालक दिपक आचार्यले जानकारी दिनुभयो ।

अहिले सुरुको अबस्थामा १२० जना लाई पन्ध्र दिनको घरभाडा बराबरको रकम प्रदान गरिएको आचार्यले जानकारी दिनुभयो । पछिल्लो समय अष्ट्रेलिया पुगेका नयाँ बिध्यार्थीहरुको संख्या एक सय पचास जना भन्दा धेरै भएपनी उनीहरुको ठेगाना थाहा नभएको र फोन नम्बरसमेत नभएका कारण फेसबुक मार्फत प्रचार गरेर सम्पर्क हुनसकेजतीलाई अहिले पहिलो किस्ताको सहयोग गरिएको र अन्यलाई पनी सम्पर्क गर्ने कोशिस भइरहेको आचार्यले बताउनुभयो ।

उहाँका अनुसार यो अवस्थामा अष्ट्रेलियामा आर्थिक समस्यामा परेका बिद्यार्थीहरुलाइ आगामी दिनहरुमा सहयोग गर्नका लागी ग्रेस इन्टरनेशनल मेलबोन एजुकेशन एण्ड माइग्रेसन सर्भिसेजले सहयोग कोष पनि खडा गरेरको छ । खडाभएको कोषमा सहयोग गर्न वा कसैलाई समस्या परेको खण्डमा ०४०३५९४२३० मा सम्र्पक गर्न पनि आचार्यले अनुरोध गर्नुभएको छ ।

सुनौलो भबिष्य निर्माणको सपना बोकेर उच्च शिक्षा हांसिल गर्न पछिल्लो समय अष्ट्रेलिया पुगेका बिध्यार्थीहरु बिश्वब्यापी प्रकोपको कारण पुराना बिध्यार्थिहरुभन्दा नयाँ विद्यार्थीहरु गम्भिर समस्यामा परेको प्रवासी नेपाली एकता समाज, अष्ट्रेलियाका वरिष्ठ उपाध्यक्ष ऋषिकेश न्यौपाने जानकारी दिनुभयो । नयां ठाउंमा त्यहांको रहनसहन नबुझेको र काम गरेर पैसा कमाउने अबस्था पनी नभएका कारण उनिहरु गम्भिर आर्थिक संकटमा परेको उहाँले बताउनुभयो ।

अष्ट्रेलियाका प्रधानमन्त्रिले अष्ट्रेलियामा पुगेर आफ्नो खाने बस्ने ब्यबस्था आफैं मिलाउन नसक्नेहरुलाई स्वदेस फर्किन अनुरोध गरिसकेका छन् भने पछिल्लो समय अष्ट्रेलिया पुगेका नेपाली बिध्यार्थीहरुका लागि नेपाल सरकार र अष्ट्रेलिया स्थित नेपाली राजदुतावासले कुनै राहतको ब्यबस्था मिलाउने अबस्था छैन ।

नेपालबाट अभिभाबकहरुले अष्ट्रेलियामा रहेका बिध्यार्थीहरुलाई पैसा पठाउन सक्ने ब्यबस्था नेपाल सरकारले मिलाएको भएतापनी यसको कार्यान्वयनमा समस्या देखीएको न्यौपानेले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्