ट्रम्पद्वारा गुप्तचर प्रमुख बर्खास्त



वासिंगटन,एजेन्सी ।

अमेरिकी राष्ट्र्रपति डोनाल्ड ट्रम्पले इन्टेलिजेन्स कम्युनिटी इन्स्पेक्टर जनरल माइकल एटकिन्सनलाई उनको पदबाट बर्खास्त गरेको छ । ट्रम्पले उक्त कारवाहीका बारेमा कांग्रेसलाई जानकारी दिएको हो ।एटकिन्सन ती ब्यक्ती हुन् जसले पहिलो पटक सरकारी निर्देसनको चुहावत गर्ने बारेमा जानकारी दिएका थिए र ट्रम्प विरुद्ध महाअभियोग ल्याउनुको कारण बनेको थियो ।

गत बर्ष डिसेम्बरमा महाभियोग ट्रम्पलाई सबै अभियोगबाट सफाई दिँदै अन्त्य भएको थियो ।शुक्रबार राती सार्वजनिक ए पत्रमा ट्रम्पले सीनेट र सदनलाई गुप्तचर समितिहरुलाई सुचित गर्दै एटकिन्सनलाई उनको पदबाट हटाएको जानकारी दिएको समाचार सिन्ह्वाले जनाएको हो ।

राष्ट्रपतिले उनलाई इन्स्पेक्टर जनरलका रुपमा सेवारत नियुक्तिहरुमा पुर्ण विश्वास भएको तर उक्त इन्स्पेक्टर जनरलमाथि विश्वास उठेको बताए । एटकिन्सनले गत सेप्टेम्बरमा एक अज्ञात गुप्तचर अधिकारबाट प्राप्त उजुरीका बारेमा कांग्रेसलाई सुचित गरेका थिए ।

युक्रेनसँग ट्रम्पको डिलले सन् २०२० को अमेरिकी राष्ट्रपति चुनावमा विदेशी हस्तक्षेपलाई प्रोत्साहन गर्ने प्रयास गरेको र अमेरिकी राष्ट्रिय सुरक्षालाई कमजार पारेकोमा अधिकारी चिन्ता ब्यक्त गरेका थिए ।

उक्त उजुरीपछि हाउस इन्टेलिजेन्स कमिटीका अध्यक्ष एडम सिफको नेतृत्वमा ट्रम्प विरुद्ध महाभियोगको जाँच सुरु भएको थियो । तर सन् २०१९ डिसेम्बर १९ मा डेमोक्र्याटिक बहुमत सदनले राष्ट्रपतिमाथि लगाएको भएपनि फेब्रुअरीमा रिपब्लिकन बहुमत सिनेटले ट्रम्पलाई मुक्ति दिएको थियो ।

प्रतिक्रिया दिनुहोस्