दादुरा र रुबेला रोगका कारण १ सय ५० बालबालिका विरामी



सीताराम अधिकारी,धादिङ ।

धादिङको बेनिघाट रोराङ गाउँपालिका वडा न. ६ चेपाङ बस्तीमा दादुरा रुबेलाको महामारीका कारण दुईजना बालबालिकाको मृत्यु भएको छ भने १५० जना बिरामी परेका छन्। कोरोना भाइरस कोभिड–१९ को संसारभरहमाहारी चलेको बेला यो गाउँमा भने दादाुराका विरामी जबै जोचेपाङ घरमा रहका छन्। धेरै जसो विरामी ओछ्यानमा परेर उठ्नैनसक्ने अवस्थामासमेत भेटिउका छन्।

सबैको ध्यान कोरोना भाइरस रोकथामका लागि गएको बेला गाउँमा भएको महामारीको बारे समाचार समेत नबनेपछि गाउँबासीहरु उपचार सेवाबाट समेत वञ्चित भएका छन् । बुमराङ, रोतेश, सोलडाँडा, सार्लिङ लगायतको गाउँमा स्वास्थ्यकर्मीको टोली सहित प्रमुखप्रशासकिय अधिकृत शनिबार पुग्नु भएको थियो । गाउँपुग्दा अवस्था भयावह देखिएको हो ।

दादुरा रुबेलाको उपचार नपाएर ८ महिनाको बसन्त चेपाङ र २९ महिनाको अनिशा चेपाङको मृत्यु भइसकेको छ ।चेपाङबस्तीमा रहेका ६ महिना देखि ३४ वर्षका बालबालिकालाई दादुरा रुबेला रोग लागेकोले प्रदेशस रकारर अन्य निकायको सहयोगमा मात्र नियन्त्रण गर्नसकिनेअवस्था आएको बेनिघाट रोराङ गाउँपालिका स्वास्थ्य संयोजक शंकरबाबु दुवाडीले बताउनुभएको छ ।

गत फागुन ६ गते चेपाङ बस्तिका चारजना बालबालिका उपचारका लागि चरौंदी आधारभूत स्वास्थ्य चौकिमा आएकोमा लक्षणका आधारमा दादुरा हुनसक्ने देखिएपछि विषेश ध्यान दिएको बेनिघाट रोराङ गाउँपालिकाका स्वास्थ्य संयोजक शंकरबाबु दुवाडीले बताउनुभयो ।

यस क्रममा गम्भिर विरामी दुई जनालाई गाउँपालिकाको एम्बुलेन्सबाट उपचारका लागि कान्ति बालअस्पताल, काठमाडौं लगिएको थियो । सबै विरामी उपचारपछि घर पर्किएका छन् । दादुराको महामारी (आउटब्रेक) भएपछि बेनिघाट रोराङ गाउँपालिकाले स्वास्थ्य कार्यालय धादिङमा महामरी नियन्त्रणमा सहयोग गर्न चैत्र १८ गते पत्राचार समेत गरेको स्वास्थ्य संयोजक दुवाडीले बताउनुभयो ।

यता गाउँपालिकाको पत्र प्राप्तभएपनि कार्यालयसंग दादुरा नियन्त्रण अभियान सञ्चालन गर्न श्रोत साधन नभएको भन्दै बागमती प्रदेश, सामाजिक विकास मन्त्रालय, स्वास्थ्य निर्देशनालयमा जानकारी गराई प्रक्रिया अघि बढाइएकोमा कोरोना भाइरसका कारण काम प्रभावित भएको छ ।

गाउँपालिकाले उपलव्ध श्रोत र साधनको आधारमा दादुरा प्रभावित क्षेत्रमा स्वास्थ्य सेवा उपलव्ध गराइरहेको भएपनि महामारी नियन्त्रण गर्न गाउँपालिकाले नसक्ने भएपछि स्वास्थ्य कार्यालय धादिङसंग आग्रह गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण भट्टराईको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्