ठूलै खतरा अझै छ : ट्रम्प



न्युयोर्क सिटी,एजेन्सी। 

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोना भाइरसको महामारी अझै बढि खतरनाक हुन तथा मृतकको संख्या बढ्न सक्ने भन्दै देशवारीलाई सो चुनौति सामना गर्न तयार हन सन्देश दिएका छन् ।

उनले नियमित प्ेस ब्रिफिंगको क्रममा आगामी दिनमा स्थिती अझै भयावह हुन सक्ने बताउँदै अत्यन्तै नराम्ररी कोरोना प्रभावित राज्यहरुमा आवश्यक औषधि आपुर्र्ति र सेना परिचालन गरिने प्रतिवद्धता जनाएका छन् ।

व्हाइट हाउसमा शनिवार आयोजित पत्रकार सम्मेलनमा ट्रम्पले भनेका छन् , ‘ हामीले हाम्रो मुलुक पुन खोल्नु पर्छ । हामी महिनौं महिनौं सम्म यहि काम गरेर यहि स्थितीमा बसिरहन चाहन्नौं ।

पछिल्लो तथ्यांक अनुसार अमेरिकामा संक्रमितको संख्या ३ लाख नाघिसकेको छ भने मर्नेको संख्या पनि ८ हजार ५ सय पुगेको छ । त्यसैगरी १४ हजार ९ सय ९७ जनाको उपचार सफल भएको छ ।

प्रतिक्रिया दिनुहोस्