ट्रम्पले भने – मास्क लाउँदिन



वासिंगटन (एजेन्सी)।

कोरोना संक्रमण रोक्न मास्क लगाउने विषयलाई लिएर अमेरिकामा बहस चलेको छ । चीनले मास्क लगाउनु पर्नेमा सबैलाई जोड गरिरहेको छ । अमेरिकाको स्वास्थ्य विभागको सेन्टर फर डिजिज कन्ट्रोलले नागरिकलाई घरबाट निस्कँदा मास्क अनिवार्य लगाउन भनेको छ ।

तर राष्ट्रपति डोनाल्ड ट्रम्पले आफुले मास्क नलगाउने बताए । ट्रम्पले ह्वाइट हाउसमा कोरोना भाइरसलाई लिएर सोधिएको प्रश्नको जवाफमा भने – मास्कलाई लिएर सीडीसीले मात्र सुझाव दिएको हो । यो कुनै पनि ब्यक्तीका लागि स्वच्छिक हुनेछ । तपाई त्यसको पालना गर्न पनि सक्नु हुन्छ, नगर्न पनि । म यसतो गर्दिन । यो राम्रो हुनेछ । म राष्ट्रपतिहरु, प्रधानमन्त्रीहरु, तानशाह, राजा र रानीहरुसँग भेट्छु । त्यसतोमा मास्क लगाउनु, मलाई यो ठीक लाग्दैन । म यो लगाउने सुझाव आफनो लागि मान्दिन ।

अमेरिकी नागरिकहरुमा मास्क लगाउन आवश्यक छ वा छैन भन्ने विषयमा विगत केही दिन देखि बहस जारी छ । सीडीसीका अधिकारी लगातार नागरिकलाई मास्क लगाउन सल्लाह दिन ट्रम्पलाई भनिरहेको छ । जो स्वस्थ देखिन्छ उनीहरुलाई पनि सार्वजनिक स्थलमा संक्रमणबाट बच्न उक्त सुरक्षाका उपाय अपनाउन भन्नु पर्ने सीडीसीले जनाएको छ ।

यद्यपी अहिलेसम्म ट्रम्पले अमेरिकीहरुलाई यसतो कुनै अपिल गरेको छैन । उनले भने, जसले सीडीसीको सुझाव मान्न चाहन्छ, उसले कपडाले बनेको वा सामान्य मास्क लगाए हुन्छ । अस्पताल कर्मचारी या इमजेन्सी काममा जुटेकाहरुले जस्तो मेडिकल वा सर्जिकल ग्रेडको मास्क नलगाउनु ।

अमेरिकामा संक्रमित संख्या २ लाख नाघिसकेको भएपनि अहिलेसम्म नागरिकलार्य घरमै बस्नका लागि भनेको छैन । नेसनल इन्स्टिच्युट अफ एलर्जी एन्ड इन्फेक्सिय डिजिजेजका निर्देशक डाइरेक्टर डा एस एन्थनी एस फसीले ट्रम्पलाई देशब्यापी घरमै बस्न आदेश जारी गर्न भनेका थिए । तर ट्रम्पले उनीहरुको सुझाव पनि मानेको छैन । ट्रम्पले यसको फैसला लिने अधिकार राज्यका गभर्नरमा छोडेका छन् ।

प्रतिक्रिया दिनुहोस्