फ्रान्समा छुरा आक्रमण



पेरिस,एजेन्सी।

फ्रान्सको दक्षिण पुर्वी भागमा आइतवार भएको छुरा आक्रमणमा दुईजना मानिसको ज्यान गएको छ । फ्रेन्च गृहमन्त्री क्रिस्टोफे क्यास्टनरले यसलाई आतंककारी घटनाको संज्ञा दिएका छन् । प्रत्यक्षदर्शीहरुले ग्रेनोवल नजकको रोमान्स सर लेरे शहरको एउटा सुर्ती पसलमा अचानक छिरेका आक्रमणकारीले पसले र एकजना ग्रहकलाई छुरा प्रहार गरेको बताएका छन् ।

पक्राउ पर्नु अघि उनले अन्य दुई वटा पलमा पनि थुप्रै व्यक्तिलाइ छुरा प्रहार गरेका थिए । प्रहरीले आक्रमणकारी करिव तिस वर्षिय सुडानी शरणार्थी भएको पुष्टि गरेको छ ।  पक्राउ पर्ने समयमा उनी सडकको फुटपाथमा घुँडा टेकेर अरवी भाषामा प्रार्थना गर्दै थिए । राष्ट्रि प्हरी गठबन्धन महासंघका अधिकारी डेविड ओलिभर रेभर्डीले ति व्यक्तिले आफुलाई मार्न प्रहरी समक्ष याचना गरेको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्