हंगेरीमा लोकतन्त्र समाप्त, ओरबन आजिवन प्रधानमन्त्री



बुडापेस्ट (एजेन्सी)

कोरोना भाइरसको संक्रमणले आक्रान्त विश्वको फाइदा लिँदै युरोपेली देश हंगेरीमा लोकतन्त्र अन्त्य गर्ने षडयन्त्र भएको छ । हंगेरीको संसदले आफना प्रधानमन्त्री विक्टर ओरबनलाई सदाका लागि सत्ता रहने अधिकार प्रदान गरेको छ ।

 

संसदले कोविड १९ लाई लिएर एक विधेयक पनि पारी गरेके छ , जसले प्रधानमन्त्रीलाई सदाका लागि सत्तामा रहन सक्ने अधिकार दिएको हो । र्सा यहाँ चुनाव र जनमत संग्रह पनि अनिश्चित समयका लागि रोकेको छ । विधेयकले संकटकाल कहिलेसम्म अन्त्य हुन्छ भन्ने उल्लेख गरेको छैन । यसको अर्थ यो पनि सरकारले नै तय गर्नेछ ।

 

हंगेरीमा विगत एक दशकदेखि लोकतन्त्र समाप्त पार्ने तयारी भइरहेको राजनितिक टिप्पणीकार जोल्टन सिगलेडीले एक समाचार एजेन्सीलाई बताए । महामारीको खतरा अघिनै सरकारले न्यायिक स्वतन्त्रतामा आक्रमण गर्दै सांस्कृतिक संस्थानलाई बन्द गर्ने प्रयास गरेको थियो । सरकारले संसदसँग आपतकाल अन्त्य गर्ने अधिकार भएको जनाएको छ । तर जुन संसदमा विपक्षसँग पर्याप्त छैन त्यहाँ कसरी सरकारको फैसलालाई उल्टाउन सक्छ, आलोचकहरुले बताएका छन् ।

 

नयाँ कानुन अनुसार गलत समाचार प्रकाशित गर्ने पत्रकार वा अन्य कुनै पनि ब्यक्तीलाई पाँच बर्षसम्म जेल पठाउन सक्छ ।
हंगेरी युरोपेली युनियनका सदस्य हो र इयुका सदस्य हुन लोकतन्त्र आवश्यक भएको एक अनिवार्य सर्त हो । ईयुले बिना हंगेरीको नाम लिइ निन्दा गरेको छ ।

 

ईयुले भनेको छ, लोकतन्त्र, स्वतन्त्रता र कानुनी राज्य ईयुको आधार हो । हाम्रा सबै सदस्य कडा परिस्थितिमा यसलाई अपनाइ रहुन । हंगेरी सन् २००४ मा ईयुमा प्रवेश गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्